default_image

2 years ago

January 23, 2022

नाडाल अष्ट्रेलियन ओपनको क्वाटरफाइनलमा

एजेन्सी – पाँचौ वरीयताका स्पेनिस टेनिस खेलाडी राफयल नाडाल अष्ट्रेलियन ओपनको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । मेलवर्न पार्कमा आइतबार भएको प्रि–क्वाटरफाइनलमा नाडालले फ्रान्सेली एड्रियन मान्नारिनोलाई ३–० को सोझो सेटमा पराजित गर्दै अनितम आठमा पुग्न सफल भएको हो । २१औं ग्रान्डस्लाम उपाधि जित्ने अभियानमा रहेका ३५ वर्षीय नाडालले पहिलो सेटमा ७–६ (१६–१४) को कठिन जित निकालेपनि […]

97 views

0 Bookmark

एजेन्सी – पाँचौ वरीयताका स्पेनिस टेनिस खेलाडी राफयल नाडाल अष्ट्रेलियन ओपनको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । मेलवर्न पार्कमा आइतबार भएको प्रि–क्वाटरफाइनलमा नाडालले फ्रान्सेली एड्रियन मान्नारिनोलाई ३–० को सोझो सेटमा पराजित गर्दै अनितम आठमा पुग्न सफल भएको हो ।

२१औं ग्रान्डस्लाम उपाधि जित्ने अभियानमा रहेका ३५ वर्षीय नाडालले पहिलो सेटमा ७–६ (१६–१४) को कठिन जित निकालेपनि त्यसपछिको दुवै सेट समान ६–२ र ६–२ ले आफ्नो पक्षमा पार्न सफल भएको थियो । पहिलो सेटपछि चोट बोक्न पुगेको एड्रियनले त्यसपछिको सेटमा नाडाललाई बलियो चुनौती पेश गर्न सकेन ।

अब नाडालले क्वाटरफाइनलमा सापोभालोभसँग प्रतिस्पर्धा गर्नेछ । क्यानडाका २२ वर्षीय सापोभालोभले जर्मनीका स्वर्ण विजेता एलेक्सन्डर जेभेरेभलाई ३–० को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

१४औं वरीयताका सापोभालोभ पहिलोपटक क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको हो । तेस्रो वरीयताका जेभेरेभको हारले अब अष्ट्रेलियन ओपनमा नाडाल मात्रै अघिल्लो चरण प्रवेश गर्ने शीर्ष वरीयता एक्लो खेलाडी बनेका छन् ।

यस्तै उनी क्वाटरफाइनलमा पुग्ने उनी एकमात्रै पूर्व च्याम्पियन हुन् । उनले २००९ मा स्वीस रोजर फेडेररलाई हराएको पहिलोपटक अष्ट्रेलियन ओपनको उपाधि जितेको थियो । त्यसयता उनले २०१२, २०१४, २०१७ र २०१९ मा फाइनलको यात्रा तय गरेपनि च्याम्पियन बन्न भने सकेका छैनन् ।

April 26, 2024

आर्मीलाई हराउँदै पुलिस फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । राउन्ड रोविन लिगको अन्तिम खेलमा आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै पुलिसले फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो खेल गुमाएको पुलिसले त्यसपछि दोस्रो खेलमा चन्द्रागिरि नगरपालिका न्यु […]

April 25, 2024

आर्मीमाथि एपिएफको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – साविक उपविजेता विभागीय नेपाल एपिएफ क्लबले सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । एपिएफले आर्मीलाई ३–२ को सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । सुरुवाती दुई सेट जितेको एपिएफले त्यसपछि लगातार दुई […]

April 24, 2024

हिमाल र रिमा सर्वाेत्कृष्ट

गोरखा (हाम्रो खेलकुद) – नवलपुरका मिडल ब्लकर हिमाल सुनारी र पर्वतकी स्पाइकर रिमा कुँवर गण्डकी प्रदेश स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । दुवैले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन सानदार प्रदर्शन गरेका थिए । सर्वाेत्कृष्ट बनेसँगै उनले १० हजार रुपैयाँसँगै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । गोरखाको बारपाक सुलिकोट […]

Success

Thank you for your time.