default_image

4 years ago

January 28, 2022

बक्सिङ संघको साधारण सभा हुँदै, महासचिवको असहमति

250 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल बक्सिङ संघको शनिबार साधारण सभा हुने भएको छ । तर, संघकै महासचिव सविन भट्टाचार्यले भने अहिले साधारण सभा गर्नुको औचित्य नरहेको भन्दै फरक मत राखेका छन् ।

फाइल तस्बिर ।

संघका अध्यक्ष राम अवालले शुक्रबार विज्ञप्ती जारी गर्दै संघको विधान अनुसार नियमित साधारण सभा ललिपुरको हात्तीबनमा हुन लागेको जनकाएका छन् । राष्ट्रिय दैनिकमा २१ दिने सार्वजनिक सुचना प्रकाशित गरि संघमा आवद्ध जिल्ला, प्रदेश र संघका पदाधिकारीलाई पत्रमार्फत साधारण सभाका बारेमा जानकारी गराइएको पनि अध्यक्ष अवालेले बताएका छन् ।

अध्यक्ष अवालले कोरोना भाइरसको तेस्रो लहरका कारण साधारण भन भचुइल माध्यमबाट गर्न लागिएको जनाएका छन् । संघकै केहि पदाधिकारीले साधारण सभा रोकि पाउँ भनी विना प्रमाण दर्ता गराएको उजुरी प्रति संघको गम्भीर ध्यान आकर्षण भएको पनि जनाएका छन् ।

‘साधारण सभा जस्तो अति महत्वपूर्ण संघको कार्यक्रमको विरोध गर्नु आफैमा अचम्म लागेको छ । विगत वर्षहरुमा संघले गरेका काम प्रगती लगायत आर्थिक हिसाव किताव संघ आवद्ध सवै सदस्य एवं सर्व साधारणले जान्न सुन्न पाउने मौलिक हकलाई हनन् गर्ने उदेश्यले पटक पटक साधारण सभा रोकी पाउ भनी उजुरी दिदै हिड्नु गलत हो,’ विज्ञप्तीमा भनिएको, ‘संघको महत्वपूर्ण पदमा बस्नु भएका केही साथीहरु उजुरी बाजुरी गर्नुको सट्टा संघको नियमित बैठकमा उपस्थित भई आफ्नो कुराहरु सधै राख्न सक्नुहुन्छ ।’

महासचिव भट्टाचार्यले शुक्रबारने अर्को विज्ञप्ती जारी गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पनि कुनै पनि खेलकुदका गतिविधि सञ्चालन नगर्न निर्देशन जारी गरेको अवस्थामा संघले भने भीडभाड गरेर वार्षिक साधारणसभा गर्न लागेको जनाएका छन् । उनले साधारणसभाको मिति पनि संघको पूर्ण कार्यसमितिको सामूहिक निर्णयबाट नतोकिएको भन्दै राखेपबाट लिएको पुरानो स्वीकृतिलाई देखाएर संघले शनिबार साधारणसभा गर्न लागेको उल्लेख गरेका छन् ।

कार्यसमितिका बहुसंख्यक पदाधिकारीलाई बाइपास गरेर नेपाल सरकार र राखेपको निर्देशनको पनि बर्खिलाप हुने गरी आयोजना गर्न लागेको सो साधारणसभा रोक्नका लागि युवा तथा खेलकुद मन्त्रालय, राखेपमा लिखित रुपमा निवेदन दिए पनि सुनुवाई नभएको महासचिवले विज्ञप्तीमा उल्लेख गरेका छन् ।

संघको चार वर्षे कार्यकाल २०७७ जेठ २१ नै समाप्त भइसकेको छ । चार वर्षको अवधिमा संघले एउटा पनि साधारणसभा गर्न सकेन वा गर्न चाहेन भन्ने आरोप लगाउँदै महासचिवले भनेका छन्, ‘संघको विधानमै हरेक वर्ष साधारणसभा गर्नुपर्ने प्रावधान हुँदाहुँदै पनि अध्यक्ष राम अवालेले साधारणसभा गर्न कुनै इच्छा देखाएनन् । चार वर्षे कार्यकाल सकिसकेको संघको वार्षिक साधारणसभा बोलाउनुको औचित्य के हो ? कार्यकाल सकिएको संघको साधारणसभा गर्ने कि अधिवेशन ?’

संघले अहिलेसम्म गरेका आर्थिक हिसावकिताव र खर्च पनि अवैध र गैरकानुनी रहेको आरोप लगाउँदै उनले भनेका छन्, ‘अहिलेसम्म जेजति खर्च भएको छ, ती सबै अध्यक्ष र कार्यबहाक कोषाध्यक्षको मनोमानीमा हुँदै आएको छ । निर्वाचित कोषाध्यक्ष हुँदाहुँदै कार्यबहाक कोषाध्यक्ष खडा गरेर आर्थिक अनियमितता गर्ने अभिप्रायबाट नेतृत्व सञ्चालन भइरहेको छ ।’

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.