4 years ago
February 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय सफ्ट टेनिस महासंघले आइतबार विभिन्न ब्यक्तित्वहरुलाई सम्मान तथा महासंघको विभिन्न पदमा मनोनयन गरेको छ । महासंघले सफ्ट टेनिसको विकास र विस्तारमा विभिन्न तवरले सहयोग पु¥याउने तथा विभिन्न ब्यक्तित्वलाई सम्मान गरेको हो ।

सम्मानित हुने ब्यक्तित्वहरुमा युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज (अथक), सचिव दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोईराला, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठ, महासचिव निलेन्द्र राज श्रेष्ठ, नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, पूर्व अध्यक्ष मनोज समशेर राणा, अन्तराष्ट्रिय सफ्ट टेनिस महासंघका बैज्ञानिक रिसर्चका अध्यक्ष प्राज्ञ डा. ऋषिकेशव विक्रम शाह, अन्तर्राष्ट्रिय सफ्ट टेनिस महासंघका एन्टी डोपिङ्ग तथा मेडिकल कमिसनका प्रमुख डा. अजय शमशेर राणा, ब्यवस्थापन कमिशनका प्रमुख एवं कोरियन सफ्ट टेनिस संघका उपाध्यक्ष लि ह्युन टेक रहेका छन् ।
यस्तै महासंघले लाईफटाईम एचिभमेण्ट अवार्डबाट महासंघका महासचिव चोई सियोङ्ग कोनलाई सम्मान गरेको छ । सम्मान कार्यक्रममा महासंघका अध्यक्ष श्री बिनय विक्रम शाहले विभिन्न ब्यक्तित्वहरुलाई विभिन्न पदमा मनोनयन पनि गरेका छन् । नेपाल सफ्ट टेनिस संघका उपाध्यक्ष विकास पाण्डेलाई अन्तर्राष्ट्रिय महासंघको डेपुटी महासचिव र अम्पायर तथा नियम कमिटिको अध्यक्षमा र सफ्ट टेनिस संघका सदस्य आनन्द प्रसाद श्रेष्ठलाई सदस्यमा चयन गरेका छन् ।

यस्तै पूर्व अन्तराष्ट्रिय खेलाडी तथा संघका पूर्व सदस्य एसएसपी अशोक सिंह र पूर्व अन्तराष्ट्रिय खेलाडी एवं संघकी सदस्य एवं प्रशिक्षक निरा कायस्थलाई महासंघको निर्देशकमा मनोनयन गरेको छ । संघका पूर्व सदस्य एवं प्रशिक्षक किरण कुमार खड्कालाई महासंघको निर्देशक र युएसएका लागि महासंघको संयोजकमा, संघका कोषाध्यक्ष संजय नेपाललाई महासंघका निर्देशक तथा अष्ट्रेलिया र न्यूजिल्याण्डको संयोजकमा, नारायण प्रसाद जोशीलाई महासंघको निर्देशक एवं जापानको संयोजकमा तथा सहप्राध्यापक सिद्धार्थराज पाण्डेलाई निर्देशक तथा कोरियाको संयोजकमा मनोनयन गरेको छ ।
सोही अवसरमा अन्तर्राष्ट्रिय सफ्ट टेनिस महासंघबाट प्राप्त खेलकुद सामाग्री महासंघका महासचिव चोई सियोङ्ग कोन र उपाध्यक्ष लि ह्युन टेकले मन्त्री गहतराजलाई र मन्त्रीले संघका उपाध्यक्ष विकास पाण्डेलाई हस्तान्तरण गरे ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]