4 years ago
February 19, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एपिएफका दिपेश धामी र बिजित थापा मगरको जोडी लिनिङ ११औं पुष्पलाल स्मृती ¥याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ ।

धामी र मगरको जोडीले सेनाका नविन श्रेष्ठ र प्रफुल महर्जनको जोडीलाई २१–१६ र २१–१० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन् ।यस्तै कास्कीका बिधान अधिकारी र भुवन गुरुङको जोडीले पुलिसका बिष्णु कटुवाल र अनिष श्रेष्ठको जोडीलाई २१–१५ र २१–१३ ले पराजित गर्दै सेमिफाईन प्रवेश गरेका छन् ।
पुलिसका जीवन आचार्य र सुनिल जोशीले बाँकेका ईरफान अन्सारी र धातुका सुदीप सेढाईलाई २१–१५, १७–२१ र २१–१३ ले पराजित गरे । यस्तै सेनाका रुकेश महर्जन र सुरोज महर्जनको जोडीले ललितपुरका सशिन डंगोल र सुमित महर्जनको जोडीलाई २१–१७ र २१–१६ ले पराजित गरे ।
राष्ट्रिय ब्याडमिन्टन संघ, नेपाल तथा नखिपोट युथ क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगिताको पुरुष एकल (शीर्ष १६ बाहेक) को प्रतिस्पर्धामा सेनाका दिवश शंकरले सेनाका बिवेक चौधरीलाई १८–२१, २१–८ र २१–११ ले पराजित गरे । सेनाका पविन लिनथेपले सेनाकै आयुश्मान नागरीलाई २१–१२ र २१–१९ ले पराजित गरे ।
कास्कीका बिधान अधिकारीले १६ फिदरका क्षितीज खनाललाई २१–१९ र २१–१४ ले पराजित गरे । मोरङका भोजबहादुर गुरुङले साईनोका सुजन थापालाई १४–२१, २१–१० र २१–१५ ले पराजित गरे ।
नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको महिला एकल (उच्च बरियता १२ बाहेक)मा एनआरएनकी सानिया चन्दले जित हात पारिन् । चन्दले सेमिफाईनल प्रवेश गर्ने क्रममा सुनसरी ब्याडमिन्टन एकेडेमीका रोजी राईलाई २१–११ र २१–१२ ले पराजित गरिन् ।
यस्तै सेनाकी पे्रक्षा राईले सर्लाहीका निकिता लामालाई २२–२०, १६–२१ र २१–१८ ले पराजित गर्दै सेमफाईनलमा चन्द संगको भेट पक्का गरिन् । पाल्पाकी दिया शाक्यले सेमिफाईनल प्रवेश गर्ने क्रममा कञ्चनपुरकी निलिमा महरालाई १५–२१, २२–२० र २१–१२ ले पराजित गरिन् । यस्तै कैलालीकी एनिला सुनारले सेनाकी प्रियान्सी बमबाट वाकओभर प्राप्त गर्दै सेमिफाईनलमा दिया संगको भेट पक्का गरिन् ।
नखिपोट युथ क्लबको कभर्डहलमा भएको प्रतियोगिताको यु १७ पुरुष तर्फको खेलमा सिल्क ग्रुपका नरेन्द्र बलमे जित निकाले । उनले कपिलबस्तुका राज बर्मालाई २६–२४ र २१–१३ ले पराजित गरे । अर्को खेलमा सेनाका डेभिड थापा मगरले सेनाकै बिवेक चौधरीलाई १५–२१, २१–११ र २१–१३ ले पराजित गर्दै नरेन्द्र संगको भेट पक्का गरे ।
सेमिफाईनल प्रवेश गर्ने क्रममा १६ फिदरका क्षितिज खनालले पाल्पाका सुरोज तिमिल्सीनालाई २१–१३ र २१–८ ले पराजित गरे । अव उनले सेनाका आयुश्मान नागरीसंग फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । नागरीले सनौला रईनीलाई २१–८ र २१–११ ले पराजित गरे ।
यु १७ महिला तर्फ राष्ट्रिय च्याम्पियन रशिला महर्जनले एनआरएन सानिया चन्दलाई पराजित गरिन् । रशिलाले चन्दलाई २१–२ र २१–१३ ले पराजित गर्दै सेमिफाईनलमा कैलालीकी एलिना सुनारसंग प्रस्पिर्धा गर्ने भएकी हुन् । एलिनाले सेनाकी प्रेक्षा राईलाई २१–१३ र २१–१२ ले पराजित गरेकी हुने ।
यस्तै सेमिफाईनल प्रवेश गर्ने अर्का खेलाडीहरुमा सेनाका प्राथना देउवा र रोज पाण्डे रहेका छन् । प्राथनाले सुनसरी ब्याडमिन्टन एकेडेमीकी रोजी राईलाई २१–३ र २१–५ ले तथा रोजले कञ्चनपुरकी बिष्णा बिष्टलाई २१–९ र २१–१६ ले पराजित गरेका हुन् ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]