default_image

2 years ago

February 25, 2022

बुटवलश्री शारीरिक सुगठन अर्काे महिना हुने

113 views

0 Bookmark

बुटवल (हाम्रो खेलकुद) – रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघको आयोजनामा आगामी चैतको अन्तिम साता बुटवलश्री अन्तर प्रदेश स्तरीय शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ ।

रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष सितु प्रसाद श्रेष्ठको अध्यक्षतामा रुपन्देही जिल्ला खेलकुद बिकास समितिमा आज बसेको बैठकले उक्त निर्णय गरेको हो ।

विगतमा नवौं संस्करणको बुटवलश्री प्रतियोगिता लुम्बिनी र गण्डकी प्रदेश स्तरीय गरिएको थियो । यसपटक साबिक प्रदेशहरुसँगै कर्णाली र सुदुरपश्चिम प्रदेश समेत गरि चार प्रदेशका झण्डै सयभन्दा बढी खेलाडीहरुको सहभागिता रहने जिल्ला संघका सचिव राजकुमार श्रेष्ठले बताए। आयोजकले प्रतियोगिताको तयारी सुरु भएको बताएको छ।

रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघ बुटवलका अध्यक्ष सितु प्रसाद श्रेष्ठले स्वच्छ जीवनका लागि प्रतियोगिताको आयोजना गरिएको बताए । उनले युवाहरु लागू पदार्थको दुर्व्यसनमा फस्ने भएको त्यस्ता युवाहरुलाई यस खेलतर्फ आर्कषित बनाउँदै दुव्र्यशनमुक्त समाजको निर्माणका लागि प्रतियोगिताको आयोजना गरिएको बताए । करिव ६ लाख ५० हजार खर्च हुने अनुमान गरिएको प्रतियोगितामा विजेताले दशौं बुटवल श्री २०७८ को उपाधि सहित नगद १ लाख प्राप्त गर्नेछन् ।

प्रतियोगितामा छ वटा बजन समुहमा हुने बताइएको छ । ५५, ६०, ६५, ७० , ७५ के.जी र ७५ के.जी भन्दा बढि तौल समुहमा प्रतियोगिता हुनेछ । प्रि जजिङ्ग चरणबाट प्रत्येक तौल समूहबाट ६-६ खेलाडी छनोट गरि फाईनल चरणको लागि खेलाडी चयन गरिने छ । फाईनल चरणमा प्रत्येक समूहबाट पहिलो हुने खेलाडीहरुले टाईटल स्पर्धा बुटवल श्रीको लागि प्रतिस्पर्धा गर्नेछ साथै प्रतियोगिताका लागि प्रायोजक सह प्रायोजकको खोजी भईरहेका आयोजकले वताए । चैत्र अन्तिम हफ्ता अगाडि नै रुपन्देही जिल्ला खेलकुद विकास समिति बुटवलमा नाम दर्ता गर्न ईच्छुक खेलाडिलाई आबह्न गरेको छ ।

प्रतियोगितामा म्युजिक राउडमा प्रत्येक खेलाडिले बढिमा १ मिनेट समय सम्मको धुनमा आफ्नो ऐच्छिक आसन देखाउने पाईने नियममा उल्लेख गरिएको छ । प्रत्येक बजन समुहमा प्रथम हुने खेलाडिलाई मेडल, ट्रफी र प्रमाणपत्रबाट सम्मानित गरिने श्रेष्ठले बताए । त्यस्तै अल ओभर विजेतालाई नगद १ लाख सहित मेडल प्रमाणपत्र बाट सम्मानित गरिनेछ ।

०६५ सालमा भएको प्रथम बुटवलश्रीमा विकाश चौधरी, ०६८ सालमा भएको दोस्रो बुटवलश्रीमा शेर बहादुर खाम्चा, ०७० सालमा भएके तेस्रो बुटवलश्रीमा विनोद बज्राचार्य र ०७२ सालमा भएको चौथो बुटवलश्रीमा विजेन्द्रमान श्रेष्ठ विजेता भएका थिए । यसैगरी ०७३ पाचौं बुटवल श्री र ०७४ को छैठौं बुटवल श्री ताराबहादुर थापाले २०७५ सातौ बुटवलश्री चन्द्रमान श्रेष्ठले र २०७५ मा नै आठौं बुटवलश्री विनोद सुनारले जितेका थिए भने २०७६ मा भएको नवौं बुटवलश्री कृष्ण श्रेष्ठले हात पारेका थिए ।

May 6, 2024

नेपाल इङ्ल्यान्ड ‘सि’ सँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली इङ्ल्यान्ड ‘सि’ सँग पराजित भएको छ । इङ्ल्यान्ड नेसनल लिग टोली एल्डरसट टाउनको घरेलु मैदान इबीबी स्टेडियममा सोमबार भएको खेलमा नेपाल २-० ले पराजित भएको हो । नेपाल खेलको सुरुवाती समयका नै दुई गोलले पछि परेको थियो। इंग्लिस टोलीका लागि आठौं मिनेटमा निक काबाम्बाले […]

May 5, 2024

विशालले सिड्नी भलिबल लिग खेल्ने

दिल तामाङ,सिड्नी नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य विशाल बहादुर बिकले अस्ट्रेलियाको सिड्नी भलिबल लिग (एसभिएल) खेल्ने भएका छन् । ओपन स्पाइकर विशाल प्रो भलिबल एकेडेमीमा आबद्ध भएका छन् । प्रो भलिबल एकेडेमी अहिले पुरुष डिभिजन वानमा रहेकाे छ । त्याे भन्दामाथि पुरुष रिजर्भ र पुरुषा प्रिमियर लिग हुनेछ । यससँगै विशाल एसभिएल खेल्ने पहिलो […]

May 4, 2024

सोमपाल गीता एभिएसनको ब्रान्ड एम्बासेडर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामीलाई गीता एभिएसनले आफ्नो ब्रान्ड एम्बास्डरका बनाएको छ । सोमपाललाई‌ गीता एभिएसनले शुक्रबार ब्रान्ड एम्बासेडरका रूपमा अनुबन्ध गरेको हो। नेपाल टि ट्वान्टी विश्वकप खेल्न अमेरिका / वेस्ट इन्डिज जानुअघि सोमपाल ब्रान्ड एम्बासेडर नियुक्त भएका हुन् । यो अनुबन्धनले नेपाली खेलकुद र गीता एभिएसन दुवै पक्षको […]

Success

Thank you for your time.