default_image

2 years ago

March 6, 2022

तार्केश्वर टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – तार्केश्वर नगरपालिकाले प्रथम अन्तर नगर कराते प्रतियोगिता उपाधि जित्न सफल भएको छ । कुल ५ स्वर्ण २ रजत र ३ कास्य जित्दै तार्केश्वोर नगरपालिका टिम च्याम्पियन बनेको हो । वादोकाइ कराते डो संघ नेपालको आयोजना र तार्केश्वर नगरपालिकाको सहयोग रहेको प्रतियोगितामा निलकन्ठ नगरपालिका ४ स्वर्ण ३ रजत र ४ कास्य सहित […]

136 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तार्केश्वर नगरपालिकाले प्रथम अन्तर नगर कराते प्रतियोगिता उपाधि जित्न सफल भएको छ । कुल ५ स्वर्ण २ रजत र ३ कास्य जित्दै तार्केश्वोर नगरपालिका टिम च्याम्पियन बनेको हो ।

वादोकाइ कराते डो संघ नेपालको आयोजना र तार्केश्वर नगरपालिकाको सहयोग रहेको प्रतियोगितामा निलकन्ठ नगरपालिका ४ स्वर्ण ३ रजत र ४ कास्य सहित दोस्रो भयो । तेस्रो स्थानमा नागर्जुन नगरपालिकाले १ स्वर्ण, १ रजत र ३ कास्य हात पारे ।

मनमैजुमा भएको २ दिने प्रतियोगिताको पुरुषमा निलकन्ठ नगरपालिकाका बिजय श्रेष्ठ र महिलामा तारकेश्वोर नगरपालिकाका एरिका गुरुङ उत्कृष्ट खेलाडी हुँदै ५ हजार रुपैयाँ हात पारे । धनकुटाका रिकेश भन्डरी र गोलबजारकी प्रनिशा साही ठकुरी उदीयमान खेलाडी घोषित भए

बुढानिलकण्ठ नगरपालिकाका अनुशासित टिम चुनिए भने मार्चपासमा सिन्धुली उत्कृष्ट घोषित भए । बिजेता खेलाडीहरुलाइ तारकेश्वर नगरप्रमुख रामेश्वर बोहोरा, वादोकाइ कराते डो संघ नेपालका अध्यक्ष सुशीलकुमार श्रेष्ठलगायतले पुरस्कृत गरे ।

प्रतियोगितामा २७ नगरपालिकाबाट १९० खेलाडीले १४ स्वर्ण पदकको निम्ति विभिन्न स्पर्धामा प्रतिस्पर्धा गरेको प्रवक्ता तथा महासचिब विकाश राजबाहकले जनाएका छन् ।

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

April 30, 2024

रियल म्याड्रिड र बायर्न म्युनिख भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा आज स्पेनिश टोली रियल म्याड्रिड र जर्मन टोली बायर्न म्युनिख भिड्दै छन् । बायर्नको घरेलु मैदान आलियान्ज अरिनामा हुने खेल राती १२:४५ बजे सुरु हुनेछ । यी दुई टोली पछिल्लो पटक २०१८ को च्याम्पियन्स लिग सेमिफाइनलमा र २०१७ को क्वाटरफाइनलमा एकअर्का सँग भिडेका थिए । दुवै पटक […]

Success

Thank you for your time.