default_image

2 years ago

March 6, 2022

बुढानिलकण्ठमा उमा कुङफु हुने

155 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल उमा कुङफु संघको आयोजनामा बूढानीलकण्ठ नगरपालिका स्तरीय उमा कुङफु प्रतियोगिता फागुन २८ गते हुने भएको छ ।

प्रतियोगितामा करिब १ सय ५० खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामाले जानकारी गराए । पुरुष र महिलामा गरी जम्मा १५ स्पर्धा समावेश छन् । प्रतियोगिताका खेलहरु बूढानीलकण्ठको कपनमा हुने छ ।

अध्यक्ष लामा, आयोजक संघका पूर्व अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक उद्धव थापा मगर, आयोजक संघका प्रथम उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सन्जीतकुमार राईलगायतको टोलीले प्रतियोगिता सञ्चालन गर्ने छन् ।

आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ७ लाख रुपैयाँ लाग्ने छ । प्रतियोगितालाई लक्षित गरी संघको आयोजनामा रेफ्री सेमिनार पनि सम्पन्न भएको छ । सहभागीलाई अध्यक्ष लामाले सैद्धान्तिक तथा पूर्व अध्यक्ष एवं सहायक मुख्य प्रशिक्षक मगरले प्रयोगात्मक ज्ञान बारे जानकारी गराएका थिए । एकदिने सेमिनारमा १७ जना सहभागी थिए ।

सहभागीलाई अध्यक्ष लामा, पूर्व अध्यक्ष मगर, प्रथम उपाध्यक्ष सन्जीत, उपाध्यक्ष मुन्नी सुवेदी, महासचिव भूपेन्द्र गुरुङ, सचिव रमेश महर्जनलगायतले प्रमाण पत्र वितरण गरे ।

May 19, 2024

म्यानचेस्टर सिटी लगातार चौथो पटक प्रिमियर लिग च्याम्पियन

एजेन्सी – म्यानचेस्टर सिटी लगातार चौथो पटक इंग्लिश प्रिमियर लिगको उपाधि जितेको छ । लिगको अन्तिम खेलमा वेस्ट ह्याम माथि ३-१ को जित निकालेर आर्सनललाई पछि २ अंकले पार्दै सिटीले कीर्तिमानी लिग उपाधि जितेको हो । इंग्लिश फुटबल इतिहासमा कुनै पनि टिमले लगातार चार पटक लिग उपाधि जितेको यो पहिलो पटक हो । यसअघि हडर्सफिल्ड […]

May 19, 2024

सुमित्रा र राजनलाई वान रन हाफ म्याराथन उपाधि

ललितपुर (हाम्रो खेलकुद)- सुमित्रा चौधरी र राजन रोकायाले पहिलो वान रन अन्तर्राष्ट्रिय हाफ म्याराथन उपाधि जितेका छन्। आइतबार भएको हाफ म्याराथनको महिलातर्फ सुमित्राले १ घण्टा ३४ मिनेट २६ सेकेन्डमा दौड पूरा गरिन् । पुष्पा भण्डारी १ घण्टा ४२ मिनेट ५४ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो भइन् । मञ्जु सुनार २ घण्टा ३ मिनेट ८ सेकेन्डको‌ […]

May 18, 2024

सिता ललितपुर मेयर्स कपमा उत्कृष्ट खेलाडी घोषित

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि विजेता नेपाल एपिएफ क्लबकी कप्तान तथा अल-राउण्डर सिता राना मगर ललितपुर मेयर्स टि-२० च्याम्पियनसिप २०२४ को उत्कृष्ट खेलाडी घोषित भएकी छन् । एपिएफले चौथो पटक उपाधि प्रतियोगितामा सिता अल-राउण्ड प्रदर्शनका साथ उत्कृष्ट खेलाडी घोषित भएकी हुन् । सिताले प्रतियोगितामा ५ खेलमा १४२ रन प्रहार गर्नुका साथै ४ विकेट समेत लिन […]

Success

Thank you for your time.