4 years ago
March 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बक्सिङ संघको तत्वावधान तथा प्राविधिक सहयोग एवम् खेलकुद प्रवद्र्धन संस्था नेपाल (स्पोन) को आयोजनामा पहिलोपटक स्कुलस्तरीय ब्वाइज तथा गल्र्स बक्सिङ प्रतियोगिता आयोजना हुने भएको छ ।

आयोजक स्पोनले सोमबार राजिधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै स्कुल स्तरीय बक्सिङ प्रतियोगिता आगमी चैतको ५ देखि ७ गतेसम्म हुने जानकारी गराएको हो ।
प्रतियोगितमामा सन् २००७ को जनवरी महिना देखि सन २००९ को डिसेम्बर ३१ सम्म जन्मेका पुरुष तथा महिला खेलाडीहरुलाई ( १२ वर्ष देखि १४ वर्ष भित्रका पुरुष तथा महिला) ले मात्र सहभागिता जनाउन पाउनेछ ।
स्कुल बक्सिङ प्रतियोगिताका सम्पुर्ण खेल आईबा तथा नेपाल बक्सिङ संघको नियम अनुसार खेलाईने छ । उक्त प्रतियोगितामा महिला तथा पुरुषको सम्पुर्ण खेलहरु १ मिनेट ३० सेकेण्डको ३ राउण्डसम्म खेलाईने छ । १ मिनेटको आराम दिईनेछ ।
उक्त प्रतियोगितामा ब्वाइजतर्फ ३५ केजी, ३७ केजी, ४० केजी, ४३ केजी, ४९ केजी, ५२ केजी, ५५, केजी, र ६१ क्ेजी गरी कुल १० वटा तौल समुहमा तथा गल्सतर्फ ३५ केजी, ४० केजी, ४३ केजी, ४६ केजी, ४९ केजी, ५२ केजी, ५५ केजी र ६० केजी कुल ८ तौल समूहमा खेल हुनेछ ।
उक्त प्रतियोगितामा ब्वाइज र गल्सतर्फ देशभरीका २२ देखि २५ वटा जिल्ला तथा क्लबहरुका ७० देखि ८० जना खेलाडीहरुको सहभागिता रहनेछ आयोजकले अनुमान गरेको छ । यस्तै स्पोनले नेपाल बक्सिङ संघसँग सहकार्य गर्दै नियमित रुपमा प्रतियोगिता गराउने सम्झौता गरेको छ ।
प्रतियोगिताकै समयमा २०२२ को अप्रिलमा फुकेटमा हुने थाईल्याण्ड ओपन ईन्टरनेशनल बक्सिङ प्रतियोगिताको खुल्ला छनोट खेल पनि गराईने छ । स्कुल बक्सिङ प्रतियोगिता आउदो नोभेम्बरमा बहराईनमा हुने एएसबीसी एशियन स्कुल ब्वाइज एण्ड गल्र्स बक्सिङ प्रतियोगिताको प्रारम्भिक छनौटको आधार पनि रहने छ ।
उक्त प्रतियोगिताको समयमा नेपालले १३औ साग गेमका स्वर्णपदक विजेता तीन जना खेलाडीहरु ६० केजीका सनिल शाही, ६४ केजीका भुपेन्द्र थापा मगर र महिलातर्फ ५४ केजी तौलमा स्वर्ण पदक विजेता मिनु गुरुङलाई मुख्य प्रशिक्षकको तर्फबाट जनही १ लाख नगर पुरुष्कार समेत प्रदान गरिने छ ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]