4 years ago
March 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय महिला दिवसको उपल्क्ष्यमा काठमाडौं जिल्ला बुद्धिचाल संघको आयोजनमा भएको दोस्रो हेरा माया श्रेष्ठ स्मृति राष्ट्रव्यापी बुद्घिचाल प्रतियोगिताको उपाधि सिन्दिरा जोशीले जितेकी छन् ।

कुल ७० हजार रुपैया पुरस्कार राशि भएको प्रतियोगितामा ७ खेलमा ५ जित र २ बराबरी संगै ६ अंकको साथ उनी विजयी भइन् । त्यसै गरि गोल्डेनगेट चेस क्लवकी अनिसा न्यौपाने ५ जित १ हार र एक बराबरी सँगै ५.५ अंकको साथ दोस्रो रहिन् ।
त्यसै गरी तेस्रो पनि गोल्डेनगेट चेस क्लवकी पुनम प्रसईन ५ जित १ हार र १ बराबरी संगै तेस्रो रहिन् । समान अंक रहे पनि अनिसाले पुनमलाई तेस्रो चरणको खेलका हराएकी थिईन जसले गर्दा उनि हेड टु हेड ट्याबे्रकमा पछि परिन् ।
खेलाडीहरुलाई बागमति प्रदेशकी स्वस्था राज्यमन्त्री कल्पना नेपालीले पुरस्कृत गरिन् । राजधानीको बिसालबजरमा रहेको बेन्तो रेस्टुरेन्टमा २४ गते देखि २६ गते सम्म खेल भएको थियो ।

December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]