default_image

2 years ago

March 17, 2022

यस्ता छन् विश्वभर नै परिवर्तित भलिबलका नियम

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय भलिबल फेडेरेसन (फिभ) ले सन् २०२४ सम्मको लागि विश्वव्यापी रुपमा भलिबलका नियमहरु परिवर्तन गरेको छ । ३७औं फिभ विश्व कंग्रेसले यो नयाँ नियमलाई पारित गरेको हो । यो नियम १ जनवरी २०२२ बाट विश्वभर नै लागु भइसकेको छ । अन्तर्राष्ट्रिय भलिबल रेफ्री तथा एनभिए रेफ्री कमिसनका अध्यक्ष गौतमप्रसाद लासिवाले बुधबार […]

336 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय भलिबल फेडेरेसन (फिभ) ले सन् २०२४ सम्मको लागि विश्वव्यापी रुपमा भलिबलका नियमहरु परिवर्तन गरेको छ । ३७औं फिभ विश्व कंग्रेसले यो नयाँ नियमलाई पारित गरेको हो । यो नियम १ जनवरी २०२२ बाट विश्वभर नै लागु भइसकेको छ ।

अन्तर्राष्ट्रिय भलिबल रेफ्री तथा एनभिए रेफ्री कमिसनका अध्यक्ष गौतमप्रसाद लासिवाले बुधबार एक अन्तरक्रियामार्फत परिवर्तित नियमबारे जानकारी गराएका थिए । यसअघि फिभले सन् २०१७ देखि २०२० सम्मको लागि नियम बनाएको थियो ।

नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्मा भलिबलको नियममा भएका परिवर्तनहरु अन्तरक्रियामा मात्र नभएर प्रत्यक्ष रुपमा कोर्टमा नै गराए प्रभावकारी हुने सुझाव दिए । यस्तै भक्तपुर जिल्ला भलिबल संघका अध्यक्ष विनोद रायले भलिबलका खेलाडी मात्र नभएर प्रशिक्षक र रेफ्रीले पनि नियमहरु बुझ्न अतिआवश्यक भएको बताए ।

कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, संघका पूर्व महासचिव तथा भक्तपुर जिल्ला भलिबल संघका अध्यक्ष विनोद चन्द, अन्तर्राष्ट्रिय रेफ्री कुल बहादुर राना, एसियन रेफ्री विकास गुरुङ, फिभको लेभल टु कोर्ष गरेका तथा राष्ट्रिय रेफ्री विजयकृष्ण वादे, संघका पदाधिकारी, विभिन्न जिल्ला तथा क्लबका पदाधिकारी तथा खेलाडी, प्रशिक्षक र रेफ्रीको उपस्थिति थियो ।

विश्वव्यापी रुपमा के के नियम परिवर्तन भए त ? हेरौं ।

– खेलको लागि एक टोलीमा १२ देखि १४ खेलाडी हुनुपर्नेछ । १४ खेलाडीको टोली हुदाँ दुई लिवेरो अनिवार्य हुनुपर्नेछ । कोचिङ स्टाफमा एक प्रशिक्षक, अधिकतम दुई सहायक प्रशिक्षक र मेडिकल स्टाफ (फिजियो थेरापिस्ट र डक्टर) हुनेछन् । बेञ्चमा अधिकतम ५ अफिसियल बस्न पाउनेछ । टोलीसँग रहने मिडियाका सदस्य भने बेन्चमा बस्न पाइने छैन । फिभ, विश्व र आधिकारिक प्रतियोगिताहरुमा प्रयोग गरिने कुनैपनि मेडिकल डक्टर वा टोली चिकित्सक आधिकारिक प्रतिनिधिमन्डलको हिस्सा हुनेछ । उनीहरु टोलीसँगै बस्नेछ ।

– खेल्ने कोर्टको अगाडिको भाग र पछाडिको भागलाई फरक रंगको बनाउन सकिन्छ ।

– प्रशिक्षक निशेष रेखा (प्रशिक्षकको कार्यक्षेत्र सिमाकंन गर्न २० सेमी दुरीमा १५ सेमीका छोटा रेखा) हटाइएको छ ।

– टिम बेन्चको पछाडि कोर्टको भुईबाट २.५ मिटर उचाईमा दर्शकको दृश्यावलोकनलाई बाधा नपर्ने गरी वैकल्पिक वार्म अप क्षेत्र बनाउन सकिनेछ ।

– दण्ड क्षेत्र (सीमा रेखा बाहिर प्रतियोगिता क्षेत्रमा १/१ मिटर आकारको दुई मेच राख्न सकिने) पेनाल्टी एरिया टाइएको छ ।

– म्याचको लागि फिवको प्राविधिक प्रतिनिधिले तापक्रम मापन गर्नेछ । यसमा फिवले केही खुकुलो पारेको छ ।

– प्रकाश (लाइट) कम्तीमा २००० लक्सको व्यवस्था गरिएको छ । यसअघि ३००० लक्स रहेको थियो ।

– संरचना १ मिटर चौडा (३ सेमी घटी वा बढी) भएपनि केही फरक नपर्ने भनिएको छ ।

– फाइभ बल प्रणाली सिस्टम र बल रिट्रिभर प्रणाली नाम मात्रै संशोधन गरेको छ ।

– अब टोलीमा लिब्रो पनि कप्तान हुन पाउनेछ ।

– खेल दौरान टिमका सदस्य मात्र टिम बेन्चमा जान र बस्न पाउनेछ । यसअघि क्लबका अन्य सदस्यहरु प्नि गइरहेको देखिन्थ्यो ।

– टेक्निकल टाइमआउट हटाइएको छ । हरेक सेटको ८ अंक र १६ अंकमा टाइम आउट दिँदै आएको थियो ।

– दोस्रो र तेस्रो सेट बीचको समयावधि १० मिनेटबाट ३ मिनेटमा छोट्याइएको छ ।

– फिवको आधिकारिक प्रतियोगितामा पोशाकको एउटा भागको रुपमा एउटै रंगका त्यस प्रकारको साधनहरु एक रंगको प्रयोग गर्नुपर्नेछ । (कालो वा तटस्थ रंग) हुनेछ ।

– मुख्य प्रशिक्षकको अनुपस्थितिमा सहायक प्रशिक्षकले टाइम आउट र खेलाडी परिवर्तन गर्न अनुरोध गर्न पाउनेछ ।

– प्रत्येक सेट सुरु हुनुअघि लाइन अप सिटमा ट्यावलेट प्रयोग गरिएको छ भने, विद्युतीय माध्यमबाट एक आपसमा समन्वय गरिनुपर्नेछ ।

– कोर्टमा खेलिरहेका खेलाडीलाई टिमका अन्य सदस्यले जस्तै प्रशिक्षकले जुनसुकै ठाँउमा गएर निर्देशन दिन सक्नेछ । यसअघि प्रशिक्षकले आफ्नो क्षेत्रबाट मात्रै निर्देशन दिन पाउने प्रावधान रहेको थियो ।

– फिवको आधिकारिक प्रतियोगितामा वार्मअपदेखि नै सबै खेलाडीले खेल्ने पोशाक लगाउनै पर्नेछ ।

– भुईको अन्तिम छुवाईसँगै खेलाडीको पोजिसन निर्धारण गरिनेछ ।

– हरेक अग्रपङ्तिका खेलाडीले खुट्टाका केही भाग सम्वन्धित पछिल्लो पङ्तिका खेलाडीको खुट्टासँग बराबर वा खुट्टाको केही भाग भन्दा रेखानजिक भुईमा टेकेको हुनुपर्नेछ । यो हरेक दाया बाया साइडका खेलाडीमा पनि लागु हुनेछ ।

– बललाई प्रत्येक टिमले आफ्नो खेल क्षेत्र (नियम १०.१.२ बाहेक) अब खुल्ला क्षेत्रभन्दा बाहिरबाट र बल खेल्दा स्कोरर टेवल माथिबाट र यसको पुर्ण फैलावटबाट पनि बल फर्काउन पाइनेछ ।

– ब्लकिङमा ब्लकरले नेटभन्दा परको बललाई छुन सक्दछ, तर विपक्षीको प्रहारभन्दा अगाडि र प्रहारको बेलमा अवरोध पुर्याउनु हुँदैन ।

– विपक्षको कोर्टमा खुट्टा (हरु) ले छुन पाउछ तर, छिरेको खुट्टा (हरु)को केही भाग मध्य रेखामा वा त्यसको ठीक माथि हुनुपर्छ र उक्त कार्यले विपक्षीलाई बाधा पुग्नु हुदैन ।

– खेलाडीले पोल, डोरी वा एन्टेनाहरु भन्दा बाहिरको वस्तुलाई छुन सक्छन् तर, (नियम ९.१.३ बाहेक)

– सर्भिङ टिमका खेलाडी वा खेलाडीहरुको समूहले सर्भिसको बेलामा बल आउने बाटो छेक्न हात हल्लाएर, उफ्रेर वा चलेर वा समूहमा उभिएर स्क्रिनिङ गर्छन् । यदि यस्तो अवस्थामा रिसिभिङ टोलीले राम्रोसँग देखिने अवस्थामा यो स्क्रिन हुनेछैन ।

– विपक्षले एट्याक हिट गर्नुभन्दा अगाडि छुन पाइने छैन । ब्लक गर्दा खेलाडी आफ्नो हात र पाखुरा नेटभन्दा परसम्म लान पाउछ, तर, एट्याक हिट अगावै वा सँगै ब्लकरले विपक्षको भागमा छोएमा फल हुनेछ ।

– प्रत्यक टिमले हरेक सेटमा दुईपटक टाइमआउट र ६ पटक खेलाडी परिवर्तनको लागि अनुरोध गर्न पाउछन् । फिवको आधिकारिक प्रतियोगितामो फिवले सम्झौता अनुसार टिमको वा टेक्निकल टाइमआउटमध्ये कुनै एक हटाउन सक्नेछ ।

– नियमित खेल रोकावटको अनुरोध र ढिलाईको सजाय पाएको उही रोकावटमा अर्काे नियमित खेल रोकावटको लागि अनुरोध गर्न पाउनेछैन । (एक रयाली समाप्त हुनुभन्दा अगाडिसम्म)

– नियमित खेल रोकावटको लागि प्रशिक्षकले वा प्रशिक्षकको अनुपस्थितिमा सहायक प्रशिक्षक र टिम कप्तानले अनुरोध गर्न पाउनेछ ।

– लिव्रोबाहेक खेललाई निरन्तरता दिन नसक्ने गरी घाइते/बिरामी वा निस्काशन/अयोग्य भएको खेलाडीलाई वैधानिक खेलाडी परिवर्तन गरी फेर्नुपर्छ । यदि त्यो सम्भव नभएमा नियम १५.६ को सीमा नाघेर परिवर्तन गर्न पाउनेछ ।

– लिब्रो, दोस्रो लिब्रो वा उसको बदली खेलाडीबाहेक दुर्घटनाको समयमा कोर्टमा नभएको खेलाडीसँग घाइते घाइते/बिरामी वा निस्काशन/अयोग्य भएको खेलाडीलाई परिवर्तन गर्नु अतिरिक्त परिवर्तन हो । परिवर्तन गरिएको घाइते घाइते/बिरामी वा निस्काशन/अयोग्य भएको खेलाडीले उक्त म्याच खेल्न पाउदैन ।

– निस्कासित वा अयोग्य घोषित खेलाडीलाई वैधानिक परिवर्तनद्धारा परिवर्तन गरिनुपर्छ । यो सम्भव नभएमा टिमलाई अपुर्ण घोषणा गरिनेछ ।

– खेलाडी तयार नभएको अवस्थामा अनुरोध गरेमा परिवर्तन दिइदैन । र टिमलाई ढिलाईको सजाय दिइनेछ ।

– खेलिरहेको खेलाडी घाइते/बिरामी वा निस्काशन/अयोग्य भएको अवस्थाबाहेक अघिल्लो खेलाडी परिवर्तन पछि र्याली नसकिएसम्म अर्काे खेलाडी परिवर्तनको अनुरोध गर्न पाइनेछैन ।

– लिब्रोहरुले टिमको सदस्यभन्दा फरक रंगको जर्सी लगाउनुपर्नेछ । दुवै लिब्रोले एक आपसमा फरक रंगको जर्सी पनि प्रयोग गर्न पाउनेछ । तर, टिमसँग जुध्नुहुदैन ।

– कोर्टमा भएको निष्कासनको सजाय पाएको टिम सदस्यले बैधानिक/अतिरिक्त खेलाडी परिवर्तन अनुसार परिवर्तन गर्नुपर्छ, उक्त खेलाडीले त्यो सेटको बाकी खेल खेल्न पाउदैन । त्यो सेट नसकेसम्म ड्रेसिङ रुममा गएर बस्नुपर्नेछ । प्रशिक्षकको हकमा पनि यही नियम लागु हुनेछ ।

– कोर्टमा भएको अयोग्यताको सजाय पाएको टिम सदस्यले बैधानिक/अतिरिक्त खेलाडी परिवर्तन अनुसार परिवर्तन गर्नुपर्छ, उक्त खेलाडीले म्याचको बाकी खेल खेल्न पाउदैन । र अन्य कुनै सजायविना म्याच नसकेसम्म ड्रेसिङ रुममा गएर बस्नुपर्नेछ ।

– म्याचमा पहिलो रेफ्री, दोस्रो रेफ्री, रिजर्भ रेफ्री, च्यालेन्ज रेफ्री, स्कोरर, चार वा दुई जना लाइन जजहरु हुनुपर्नेछ । एक खेलका लागि अब कम्तीमा १० जना हुनुपर्नेछ ।

– रिजर्भ रेफ्री अनिवार्य गरिएको छ ।

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज खेल्ने भनिएको खेल रद्द भएको छ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज तालिकामा रहेको खेल रद्द भएको हो । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

Success

Thank you for your time.