default_image

4 years ago

March 18, 2022

स्कूल बक्सिङको तयारी पूरा

205 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बक्सिङ संघको तत्वावधान तथा प्राविधिक सहयोग एवम् खेलकुद प्रवद्र्धन संस्था नेपाल (स्पोन) को आयोजनामा पहिलोपटक स्कुलस्तरीय ब्वाइज तथा गल्र्स बक्सिङ प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ ।

प्रतियोगिता ५ देखि ७ चैतसम्म चल्नेछ । प्रतियोगितामा देशभरीका २२ जिल्ला, क्लब तथा स्कुलका १२ वर्ष देखि १४ वर्षभित्रका पुरुष तथा महिला गरी जम्मा ४८ जना खेलाडीहरुको सहभागिता रहेको छ ।

उक्त प्रतियोगितामा ब्वाइजतर्फ ३५ केजी, ३७ केजी, ४० केजी, ४३ केजी, ४९ केजी, ५२ केजी, ५५, केजी, र ६१ क्ेजी गरी कुल १० वटा तौल समुहमा तथा गल्सतर्फ ३५ केजी, ४० केजी, ४३ केजी, ४६ केजी, ४९ केजी, ५२ केजी, ५५ केजी र ६० केजी कुल ८ तौल समूहमा खेल हुनेछ ।

स्कुल बक्सिङ प्रतियोगिताका सम्पुर्ण खेल आईबा तथा नेपाल बक्सिङ संघको नियम अनुसार खेलाईने छ । उक्त प्रतियोगितामा महिला तथा पुरुषको सम्पुर्ण खेलहरु १ मिनेट ३० सेकेण्डको ३ राउण्डसम्म खेलाईने छ । १ मिनेटको आराम दिईनेछ ।

२०२२ को अप्रिलमा फुकेटमा हुने थाइल्याण्ड ओपन ईन्टरनेशनल बक्सिङ प्रतियोगिताको खुल्ला छनोट खेलपनि यहि प्रतियोगिताको समयमा गराईने नेपाल बक्सिङ संघले जनाएके छ । स्कुल बक्सिङ प्रतियोगिता आउदो नोभेम्बरमा बहराईनमा हुने एएसबीसी एशियन स्कुल व्वाइज एण्ड गल्र्स बक्सिङ प्रतियोगिताको प्रारम्भिक छनौटको आधार पनि रहने छ ।

प्रतियोगिता दौरान नेपालले १३औ साग गेमका स्वर्णपदक विजेता तीन जना खेलाडीहरु ६० केजीका सनिल शाही, ६४ केजीका भुपेन्द्र थापा मगर र महिलातर्फ ५४ केजी तौलमा स्वर्ण पदक विजेता मिनु गुरुङलाई मुख्य प्रशिक्षकको तर्फबाट जनही १ लाख नगर पुरुष्कार समेत प्रदान गरिने छ । यस्तै स्पोनले नेपाल बक्सिङ संघसँग सहकार्य गर्दै नियमित रुपमा प्रतियोगिता गराउने सम्झौता गरेको छ ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.