4 years ago
March 19, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अछामका प्रविन टमटा राष्ट्रव्यापी स्कुल व्वाइज तथा गल्र्स बक्सिङ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । पुरुषतर्फको ४३ किलो तौल समुहमा जेसि एसका सुवास बस्नेतलाई अंकको आधारमा पराजित गर्दै टमाटालले अल्फाका सोनम पुन मगरसंग सेमिफाईनलमा भेट पक्का गरेका छन् ।

सोहि तौल समुहमा अल्फाका सोनमले फाईट प्रमोसनका स्वरुप तिरुवालाई आरएससीको आधारमा पराजित गरे । अन्य खेलहरुमा पुरुष ३५ किलो तौल समुहमा नक्सालका सक्षम लामाले अछामका सन्तोस भट्टलाई र मकवानपुरका अरुन सापकोटाले भक्तपुरका प्रत्यूस सुजखुलाई अंकको आधारमा पराजित गरी सेमिफाईनलमा प्रवेश गरेका छन् ।
त्यसै गरी ४० किलो तौल समुहमा थानकोटका प्रकट महर्जनले बक्समाण्डुका सुवास तिरुवालाई पराजित गरेका छन् । त्यसै गरी पुरुष ४९ किलो तौल समुहमा कास्कीका आकास बोहराले दमकका रोसन विकलाई पराजित गरे भने पुरुष ५२ किलो तौल समुहमा भुपु बक्सिङ्ग पोखराका समुन्द्र थापा मगरले मोरंगका किर्तिक मास्केलाई अंकको आधारमा पराजित गरे
सोही तौल समुहमा बाँकेका योगराज खत्रीले अछामका विनोद नागारजीलाई अंकको आधारमा पराजित गरी सेमीफाईनलको यात्रा तय गरेका छन् । देशभरीका २५ वटा जिल्ला, क्लब तथा स्कूलहरुका १२ वर्ष देखि १४ वर्ष भित्रका पुरुष तथा महिला गरी जम्मा ४८ जना खेलाडीहरुको सहभागिता रहेको छ ।
२०२२ को अप्रिलमा फुकेटमा हुने थाईल्याण्ड ओपन ईन्टरनेशनल बक्सिङ्ग प्रतियोगिताको खुल्ला छनौट खेल अन्तर्गत आज भएका खेलहरुमा मिनिमम वैट ४८ किलो तौल समुहमा एचटूओका रविन थापाले झापाका धर्मेन्द्र राईलाई युनानिमस डिसिजन ५ः० को आधारमा विजय हासिल गरे भने सोहि तौल समुहमा बक्समाण्डुका लक्ष्मण राईले ललितपुरका अर्जुन तामाङ्गलाई आरएससीको आधारमा पराजित गरका थिए ।
नेपाल बक्सिङ संघको तत्वावधान तथा प्राविधिक सहयाग एवं खेलकुद प्रवद्र्धन संस्था नेपाल (स्पोन) को आयोजनामा ७ चैतसम्म सातदोबाटोमा हुने प्रतियोगिताको ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरिबाबु महर्जनले आईबा रेफ्री रामचन्द्र थापा मगरलाई ग्लोभ्स हस्तान्तरण गरी उद्घाटन गरे । नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्रराज श्रेष्ठज्यूले स्कुल बक्सिङ्ग प्रतियोगिताले ग्रासरुट लेबलबाट विकास गर्न महत्वपुर्ण भुमिका निर्वाह गर्ने भएकोले महत्वपुर्ण प्रतियोगिता रहेको बताउदै आयोजकहरुलाई धन्यबाद प्रदान गरे ।
प्रमुख प्रशिक्षक एवम् कार्यक्रम संयोजक प्रकाश थापा मगरको सभापतित्वमा शुरु भएको उक्त प्रतियोगितामा कार्यक्रम संयोजक श्री थापा मगरले वि.सं.२०५८ साल देखि नै खेलकुद र योग क्षेत्रमा योगदान दिदै आईरहेको यस खेलकुद प्रवद्र्धन संस्थाले लामो समयदेखि स्कुल बक्सिङ्ग प्रतियोगिता आयोजनाको प्रयास गरे पनि कोभिडका कारणले प्रतियोगिता सार्नु परेको जानकारी गराउदै स्पोनले नेपाल बक्सिङ्ग संघ संग सहकार्य गर्दै निरन्तर रुपमा प्रतियोगिता आयोजना गर्ने प्रतिवद्धता गरे ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]