default_image

4 years ago

March 23, 2022

बक्सिङ शुरु

184 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेश खेलकुदअन्तर्गत बक्सिङ प्रतियोगिताको बुधबार शुरु भएको पुरुष ६० किलो तौल समुहमा ललितपुरका निशान दासले सिन्धुलीका गर्ज बहादुर सुनारलाई एबिडीको आधारमा पराजित गरेका छन् ।

सोहि तौल समुहमा मकवानपुरका अनिश पुलामीले काभ्रेका भक्तबहादुर क्रिग्रिंन मगरलाई पराजित गरे । ६० किलो तौलसमुहमै रामेछापका सुरेशकुमार भण्डारीले दोलखाका अनिस घिसिंगलाई पराजित गरे ।

प्रतियोगिताको नेपाल ओलम्पिक कमिटिका सह महासचिव पिताम्बर तिम्सिनाले गरे । उदघाटन कार्यक्रममा बोल्दै तिमिल्सिनाले बागमती प्रदेश खेलकुद परिषदले नमुना प्रदेशको रुपमा कार्य गदै आएकोमा बधाई ज्ञापन गर्दै खेलाडीहरुलाई सफलताको शुभकामना व्यक्त गरे । नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले सम्पुर्ण खेलाडीहरुलाई अनुशासित रुपमा खेल खेल्न र रेफ्री जजहरुलाई निश्पक्ष रुपमा खेल खेलाउन आग्रह गर्दै सम्पुर्ण अभिभावकहरुलाई आफ्ना छोरा छोरीहरुलाई खेलमा लगाउन आग्रह गरे ।

प्रदेश सदस्य सचिव सूर्यलाल भण्डारीले आफु खेलाडी भएको समयमा भन्दा अहिलेको समयमा खेलाडीहरु सुरक्षित भएको र प्रदेश खेलकुद परिषद्ले खेलाडीहरुको खेलको समयमा मृत्यु भएमा ३० लाखसम्मको जीवन विमा गरिएको खेलाडीहरुको पक्षमा महत्वपुर्ण कार्य गर्न प्रदेश सक्षम रहेको जिकिर गरे ।

यो सफलताको पछाडी बागमती प्रदेश खेलकुदमन्त्री ढकालको महत्वपूर्ण योगदान रहेको जानकारी गराए । प्रतियोगितामा १३ जिल्लाका ८६ पुरुष र २८ महिला खेलाडीहरुको सहभागिता रहेको छ ।

सिन्धुली र मकवानपुर क्वाटरफाइनलमा
सिन्धुली र मकवानपुर प्रथम बागमती प्रदेश खेलकुदअन्तर्गत महिला फुटबल बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । धुलिखेलमा भएको खेलमा सिन्धुलीले सिन्धुपाल्चोकलाई २–१ गोलले पराजित ग¥यो ।

विजयी टिमका लागि दुवै गोल सिजन क्याप्छाकीले गरिन् । सिन्धुपाल्चोककी कप्तान रुबिना पहरीले सान्त्वना गोल गरिन् । मकवानपुरले रामेछापलाई ५–० गोलअन्तरले सहजै हरायो । सम्जिता बोम्जन र कप्तान पूजा लामाले समान २ गोल गरे । लक्ष्मी गोलेले १ गोल थपिन् ।

कराते
खेलकुदअन्तर्गत करातेमा काठमाडौं टिम च्याम्पियन बनेको छ । काठमाडौंले ७ स्वर्ण, १ रजत र २ कांस्य जित्यो । दोश्रो भएको रामेछापले २ स्वर्ण, ४ रजत र ३ कांस्य हासिल ग¥यो । २ स्वर्ण र २ रजतमा नुवाकोटले तेश्रो स्थानमा चित्त बुझायो । सत्र स्वर्णका लागि भएको प्रतिस्पर्धामा काभ्रेले २ तथा चितवन, मकवानपुर, धादिङ र ललितपुरले १–१ स्वर्ण हात पारेको प्राविधिक संयोजक विसन मोतेले जनाएका छन् ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.