4 years ago
March 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – रिभाईभ लिजर पार्कका प्रिन्स दाहाल र विभागीय नेपाल एपीएफ क्लबका दिपेश धामी प्रथम राष्ट्रब्यापी भक्तपुर खुला ब्याडमिन्टन च्याम्पियनसिपको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

विश्व जुनियर नम्बर एक प्रिन्सले १६ फिदरका सुजन थापा माथि २१–३ र २१–११ को सहज जित निकाल्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो ।भक्तपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भइरहेको खेलमा एपिएफका दिपेशले काठमाडौं ब्याडमिन्टन एकेडेमी (केविए) का बविश थापामाथि २१–७ र २१–८ को सहज जित निकाल्यो ।
पुलिसका सुनिल जोशी, सेनाका प्रफुल महर्जन, सेनाकै पविन लिनथेप, पुलिसका जीवन आचार्य, बिबिसीका आयुश प्रजापती, एनजेसी डल्लुका स्वर्य मानन्धर, कालिका बिसीका सुदीप सेढाई, पुलिसका पूर्ण बहादुर थापा, सेनाका नविन श्रेष्ठ, पुलिसका हिरा राई, सेनाका रुकेश महर्जन, एपिएफका देवराज राना र पुलिसका बिष्णु कटुवालले पनि अन्तिम १६ मा स्थान बनाएका छन् ।
नेपाल ब्याडमिन्टन संघको तत्वावधानमा भएको च्याम्पियनसिपको महिला एकलतर्फ बिश्व जुनियरको युगलतर्फ सातौमा रहेकी आर्मीकी रशिलाले एनआरएनकी सानिया चन्दलाई २१–१६ र २१–९ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाउन सफल भइन् ।
सेनाकी अमिता गिरीले भक्तपुरकी सुभेक्षा श्रेष्ठलाई २१–८ र २१–४ ले पाखा लगाइन् । सेनाकी प्रार्थना देउवाले एपिएफक िशोभा गौचनलाई २१–७ र २१–१०, भोजपुरकी सीता राईले बेलटार ब्याडमिन्टन एकेडेमीकी रोजी राईलाई २१–१७ र २१–१५, पुलिसकी निता लम्सालले काठमाडौ ब्याडमिन्टन एकेडेमीकी अन्जली लिम्बुलाई २१–१० र २१–३ ले हराइन् ।
यस्तै एपिएफकी जेशिका गुरुङले सेनाकी रोज पाण्डेलाई २१–१६ र २१–१४, एपिएफकी सुनयना मुखियाले सेनाकी प्रेक्षा राईलाई २०–२२, २१–१० र २१–१४ तथा सेनाकी अनुमाया राईले १६ फिदरकी रिहाना शेरचनलाई २१–५ र २१–८ ले पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेका हुन् ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]