default_image

4 years ago

March 25, 2022

दीपेश, जीवन, प्रिन्स र विष्णु सेमिफाइनलमा

228 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एपीएफका दीपेश धामी, नेपाल प्रहरीका जीवन आचार्य, रिभाइभका प्रिन्स दाहाल र प्रहरीका विष्णु कटुवाल प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्समा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

दीपेशले नेपाल आर्मीका प्रफुल महर्जनलाई २१–१३ र २१–१२, जीवनले आर्मीका प्रवीण लिङथेपलाई २१–८ र २१–१८, प्रिन्सले आर्मीका नवीन श्रेष्ठलाई २१–१५ र २१–७ तथा विष्णुले आर्मीका रुकेश महर्जनलाई १९–२१, २१–१८ र २१–१५ ले पराजित गरे ।

महिला सिंगल्समा आर्मीकी अमिता गिरीले आर्मीकै प्राथना देउवालाई २१–१४, १३–२१ र २१–११, आर्मीकी रशिला महर्जनले भोजपुरकी सीता राईलाई २१–१६ र १६–५ ९रिटायर्ड हर्ट०, प्रहरीकी निता लम्सालले एपीएफकी जेशिका गुरुङलाई २१–१२ र २१–१४ तथा आर्मीकी अनुमाया राईले एपीएफकी सुनयना मुखियाँलाई २१–१५, १८–२१ र २१–१७ को सेटमा हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

यु–१५ ब्वाइज सिंगल्समा कपिल्वस्तुका रोहित बराल, एनआरएनएका साहिल चन्द, कपिल्वस्तुका अभय महरा र सिल्क ग्रुपका कविर केसीले सेमिफाइनल यात्रा तय गरे । सो स्पर्धाको गल्र्समा आर्मीकी रोज पाण्डे, केबीएकी एन्जल लिम्बू, बेल्टार बीएकी रोजी राई र १६ फेडरका रिहाना शेरचन सेमिफाइनलमा पुगे ।

पुरुष डबल्समा एपीएफका दीपेश र विजित थापा मगर, आर्मीका प्रफुल र रुकेश तथा फेडरका क्षितिज खनाल र सुजन थापाको जोडी सेमिफाइनलमा प्रवेश गरे । भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा जेस्टका श्याम पराजुली र नवीनबाबु श्रेष्ठ, कास्कीका नरबहादुर गुरुङ र शम्भु श्रेष्ठ, चन्द्रागिरीका राम केसी र हरि खत्री तथा गठ्ठाघर स्पोर्ट्सका पूर्णहरि होना र सञ्जय कपालीको जोडीले सेमिफाइनलमा स्थान बनाए ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.