4 years ago
March 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – छैटौं एसियाली जिजित्सु च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहितको नेपाली जिजित्सु टोली शनिबार बहराइनको मानामा जाने भएको छ ।

चैत १४ देखि १७ गतेसम्म हुने प्रतियोगिताको पुरुष ६९ केजीमा कोसिश श्रेष्ठ र ७५ केजीमा सन्तोष खत्रीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । जिजित्सुमा नेपालको यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता जनाइएको छ ।
टिम प्रशिक्षकमा मेघबर चेम्जोङ छन् । नेपाल जिजित्सुका अध्यक्ष दयाराम पाण्डे पनि वार्षिक साधारण सभामा भाग लिन बहराइन जाने छन् । अध्यक्ष पाण्डे सोमबार मात्र त्यसतर्फ प्रस्थान गर्ने छन् । प्रतियोगिताको तयारीका लागि खेलाडीलाई १ महिनादेखि बन्द प्रशिक्षणमा राखिएको प्रशिक्षक चेम्जोङले जानकारी गराए ।
उनीहरुले नारायणचौरस्थित रेज फिट्नेसमा प्रशिक्षण गरिरहेका छन् । यात्राका लागि खेलाडीको प्रायोजन होन्डाले गरिदिएको बताइएको छ । अन्य सहयोगीमा रेज फिट्नेस, सेन्ट जेभियर्स ब्याच अफ १९९० र ओमेगा च्याम्पियनसिप रहेका छन् ।
टोलीलाई मार्सल आर्ट्स अर्गनाइजेसन नेपालका अध्यक्ष राजीव महर्जनले शुक्रबार एक कार्यक्रमबीच विशालनगरमा बिदाइ गरे । जिजित्सु मार्सल आर्ट्सको एक विधा हो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]