4 years ago
April 2, 2022
काठमाडौं (हाम्रो खेलकुद) – धादिङका रोहित महर्जन र काठमाडौंका मार्सल गुरुङ गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत बागमती प्रदेशस्तरीय छनोटमा पहिलो भएका छन् ।

भक्तपुरको सानोठिमीमा शनिबार भएको पुरुष ५२ केजी तौल समूहमा रोहित र ५७ केजीमा मार्सलले पहिलो स्थान हात पारेका हुन् । पुरुष ५२ केजीमा रोहितले फाइनलमा अभिषेक तामाङलाई पराजित गरे । मार्सलले रामेछापका करण लोहारलाई पाखा लगाए ।
पुरुषकै ६३ केजी तौल समूहमा रामेछापका मौसम राना काठमाडौंमा हुने राष्ट्रिय प्रतियोगिताका लागि छनोट भए । उनले फाइनलमा धादिङका सुरेश भण्डारीलाई पराजित गरे । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा भएको छनोट प्रतियोगिताको पुरुष ६९ केजीमा भक्तपुरका विरिस खनालले काठमाडौंका विवेक भट्टराईलाई पराजित गर्दै पहिलो स्थान हात पारे ।
यस्तै ७५ केजी तौल समूहमा मकवानपुरका निश्चल विष्ट पहिलो भए । उनले काठमाडौंका अतुल्य भण्डारीलाई पराजित गरे । पुरुषकै ९१ केजी तौल समूहमा धादिङका उमंग गुरुङले काठमाडौंका शिशिर थिङलाई हराउँदै पहिलो स्थान हात पारे ।
महिलातर्फ ५१ केजीमा भक्तपुरकी अस्मिता दुवाल, ५७ केजीमा रामेछापकी स्वस्तिका तिरुवा, ६० केजीमा धादिङकी शशिकला राई राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका छन् ।
प्रतियोगिताका विजयी खेलाडीलाई पूर्व युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसी, गणेशमान सिंह फाउन्डेसनका सदस्य प्रभाशमान सिंह, वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताका संयोजक राजीव श्रेष्ठ, बागमती प्रदेश छनोट प्रतियोगिताका संयोजक अष्ट कवेलगायतले पुरस्कार प्रदान गरेका थिए ।
वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा २०७९ बैशाख ६ देखि १० गतेसम्म काठमाडौंको बसन्तपुर डबलीमा प्रतियोगिता हुनेछ । प्रतियोगितामा पुरुषतर्फ सात र महिलामा पाँच तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा पुरुषतर्फ ४८, ५२, ५७, ६३, ६९, ७५ र ८१ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यसैगरी महिलातर्फ ४८, ५४, ५७, ६४, ६९ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीका खेलाडीहरूबीच प्रतिस्पर्धा हुनेछ ।

प्रदेश १ का ११ खेलाडी छनोट
गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत प्रदेश १ का खेलाडी छनोट प्रतियोगिता सम्पन्न भएको छ । तीन दिनसम्म चलेको प्रतियोगिताबाट सात पुरुष र चार महिला खेलाडी छनोट भएका छन् । छनोट प्रतियोगितामा झापाका खेलाडीले दबदबा राखेका छन् । प्रदेश १ बाट ११ खेलाडी छनोट भएकामा झापाका १० खेलाडी छन् ।
प्रतियोगिताअन्तर्गत पुरुष ५२ केजी तौल समूहमा झापाका धमेन्द्र राई, ५७ केजीमा झापाकै भूगोल लिम्बू, ६३ केजीमा झापाकै टोविन प्रधान, ६९ केजीमा झापाकै अभिनय राई, ७५ केजीमा सुनसरीका सनम गुरुङ, ८१ केजीमा झापाका प्रसंग लिम्बू र ९१ केजीमुनिको तौल समूहमा झापाकै प्रसिस रुचाल वैशाख ६ गतेदेखि काठमाडौंमा हुने राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका छन् ।
यसैगरी महिलाको ५२ केजी तौल समूहमा झापाकी सुस्मिता श्रेष्ठ, ५७ केजीमा झापाकै सुस्मिता राई, ६० केजीमा झापाकै नरिका राई र ७५ केजी तौल समूहमा झापाकै तृष्णा लिम्बू राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएको वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीका प्रदेश नं १ सयोजक अभिषेक श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिताका विजेता खेलाडीलाई धरान उपमहानगपालिकाका प्रमुख तिलक राई, वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीका प्रदेश नं १ सयोजक अभिषेक श्रेष्ठलगायतले पुरस्कार प्रदान गरेका थिए ।
वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा २०७९ बैशाख ६ देखि १० गतेसम्म काठमाडौंको बसन्तपुर डबलीमा राष्ट्रिय प्रतियोगिता हुँदैछ । प्रतियोगितामा पुरुषतर्फ सात र महिलामा पाँच तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा पुरुषतर्फ ४८, ५२, ५७, ६३, ६९, ७५ र ८१ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यसैगरी महिलातर्फ ४८, ५४, ५७, ६४, ६९ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीका खेलाडीहरूबीच प्रतिस्पर्धा हुनेछ ।
राष्ट्रिय प्रतियोगितामा हरेक तौल समूहमा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीले आकर्षक नगद पुरस्कार प्राप्त गर्ने छन् भने उत्कृष्ट महिला र पुरुष खेलाडीले स्कुटर र मोटरसाइकल पाउने छन् ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]