default_image

2 years ago

April 4, 2022

एमबाप्पे चम्कदा पिएसजीको सानदार जित

एजेन्सी – फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेले दुई गोलसँगै ह्याट्रिक असिस्ट दिएपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गरेको छ । पिएसजीले घरेलु मैदानमा लोरिएन्टलाई ५–१ ले पराजित गरेको हो । घरेलु मैदानमा आइतबार राति भएको खेलमा पिएसजीको फराकिलो जितमा नेयमार र एमबाप्पेले दुई तथा मेस्सीले एक गोल गरे । लोरिएन्टका […]

84 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेले दुई गोलसँगै ह्याट्रिक असिस्ट दिएपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गरेको छ । पिएसजीले घरेलु मैदानमा लोरिएन्टलाई ५–१ ले पराजित गरेको हो ।

घरेलु मैदानमा आइतबार राति भएको खेलमा पिएसजीको फराकिलो जितमा नेयमार र एमबाप्पेले दुई तथा मेस्सीले एक गोल गरे । लोरिएन्टका तेरेम मोफीले एक गोल फर्काए ।

पार्क डेस प्रिन्सेसमा घरेलु टोली पिएसजीले खेलको १२औं मिनेटमा नेयमारको गोलबाट अग्रता बनाएको थियो । उनले एमबाप्पेको पासमा गोल गर्न सफल भए । २८औं मिनेटमा एमबाप्पेले इड्रिुा गाना गुआईको पासमा गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे ।

५६औं मिनेटमा तेरेम मोफीले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । ६७औं मिनेटमा एमबाप्पेले अचरफ हाकिमीको पासमा व्यक्तिगत दोस्रो तथा टोलीको लागि तेस्रो गोल गरे ।

७३औं मिनेटमा मेस्सीले एमबाप्पेको पासमा गोल गर्दै पिएसजीलाई फराकिलो जिततर्फ अग्रसर गराए । ९०औं मिनेटमा एमबाप्पेको ह्याट्रिक असिस्टमा नेयमारले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गर्दै टोलीलाई सानदार जित दिलाए ।

यो जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको ३० खेलबाट ६८ अंक पुगेको छ । पिएसजीले शीर्षस्थानमा १२ अंकको स्पष्ट अग्रता लिएको छ । दोस्रो स्थानको मार्सेको ५६ अंक छ । पराजित लोरिएन्ट २८ अंक जोडेर १६औं स्थानमा छ ।

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

Success

Thank you for your time.