4 years ago
April 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको योनेक्स सनराइज प्रधानमन्त्री कप राष्ट्रिय खुला र्याङकिङ ब्याडमिन्टन सोमबारदेखि काठमाडौंमा सुरु हुने भएको छ ।

आयोजक अपी स्पोर्ट्स म्यानेजमेन्ट र हरिलाल धर्मदेवी मेमोरियल ट्रष्टले शनिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता २८ चैतदेखि २०७९ १ वैशाखसम्म हुने जानकारी गराएको हो । प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुनेछ ।
प्रतियोगितामा राष्ट्र भरिका विभिन्न जिल्ला, क्लब तथा तीन विभागिय टोली नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको एपिएफ क्लब गरि करिव ३०० खेलाडीहरुको सहभागिता रहने आयोजकले अनुमान गरेको छ ।
प्रतियोगितामा पुरुष एकल (खुला), महिला एकल (खुला), पुरुष युगल (खुला) यु–१५ पुरुष, यु–१५ महिला, यु–१९ पुरुष, यु–१९ महिला, मास्टर्स खुला ४५ वर्ष माथि र मास्टस खुला ५५ बर्ष माथि गरि कुल ९ विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता विश्व व्याडमिन्टन महासंघ (बिडब्लुएफ) तथा नेपाल व्याडमिन्टन संघको प्राविधिक सहयोग रहेको छ ।
पुरुष एकल र महिला एकलको विजेताले १ लाख १५ हजार दोस्रो हुनेले ५५ हजार र तेस्रो हुनेले समान १५ हजार प्राप्त गर्नेछन् । यस्तै यु–१५ को ब्वाइज र गल्सको विजेताले १० हजार, दोस्रोले ५ हजार तथा तेस्रो ले समान ३ हजार प्राप्त गर्नेछन् । यु–१९ को ब्वाइज रगल्सको विजेताले समान १५ हजार, दोस्रोले ७ हजार र तेस्रो हुनेले ३ हजार ५ सय प्राप्त गर्नेछन् ।
पुरुष युगलको विजेताले ५० हजार, दोस्रोले २५ हजार र तेस्रो हुनेले समान १० हजार प्राप्त गर्नेछन् । मास्टर्स खुला ४५ वर्षमाथि र मास्टर्स खुला ५५ वर्षमाथिको विजेताले समान ३५ हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले समान १० हजार पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको मुख्य प्रायोजकमा टाइगर ब्रुअरीको अन्नपूर्ण रहेको छ । खेल सामाग्री उत्पादन गर्ने विश्वविख्यात कम्पनी योनेक्स सनराईजको पनि साथ रहेको छ । बेभरेज पार्टनर आरसिबोला, प्रमोटरमा १०० स्पोर्टस तथा खेतान स्पोर्टस फाउण्डेशन तथा टिकेटिङ पार्टनर सजिलो पे रहेका छन् ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]