4 years ago
April 13, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मीका नवीन श्रेष्ठ र रिभाइभ लिजर पार्कका प्रिन्स दाहाल योनेक्स सनराइज दोश्रो प्रधानमन्त्री कप राष्ट्रिय खुला र्याङकिङ ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्समा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा नवीनले शीर्ष वरीयताका एपीएफका दीपेश धामीलाई २१–१९, १२–२१ र २१–१९ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । प्रिन्सले आर्मीका प्रफुल महर्जनलाई १९–२१, २१–१७ र २१–१६ को सेटमा हराए ।
हरिलाल धर्मदेवी स्मृति प्रतिष्ठान र अपी स्पोर्ट्स म्यानेजमेन्ट प्रालिद्वारा संयुक्त आयोजित प्रतियोगिताको महिला सिंगल्समा आर्मीकी अनुमाया राईले आर्मीकै प्रार्थना देउवालाई १६–२१, २१–१८ र २१–१५ तथा आर्मीकी रशिला महर्जनले एपीएफकी जेशिका गुरुङलाई २१–१४ र २१–११ को सेटमा पाखा लगाउदै फाइनलमा स्थान सुरक्षित गरे ।
यु–१५ पुरुष सिंगल्समा सिल्क ग्रुपका कविर केसीले स्पोर्ट्स हबका सुनिल कार्कीलाई २१–१३ र २३–२१ तथा एनआरएनका साहिल चन्दले उदयपुरका रुमुहाङ राईलाई २१–१५ र २१–१९ को सोझो सेटमा हराउदै फाइनल भिडन्त पक्का गरे ।
पुरुष डबल्समा रिभाइभका प्रिन्स र आर्मीका नवीनको जोडीले एपीएफका दीपेश धामी र विजित थापा मगरको जोडीलाई २२–२०, २३–२५ र २१–१४ तथा आर्मीका पविन लिङथेब र सुरोज महर्जनको जोडीले कास्कीका विधान अधिकारी र विशाल खड्काको जोडीलाई २१–१५, २१–२३ र २१–१७ को सेटमा पन्छ्याउदै फाइनल यात्रा तय गरे । प्रतियोगितामा समावेश सम्पूर्ण ७ स्पर्धाको फाइनल बिहीबार हुने छ ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]