4 years ago
April 14, 2022
काठमाडौं (हाम्रो खेलकुद) – विश्व जुनियर नम्वर एक तथा रिभाइव लिजरपार्कका प्रिन्स दाहाल र त्रिभुवन आर्मी क्लबकी रशिला महर्जन दोस्रो प्रधानमन्त्री कप खुला र्याङकिङ ब्याडमिन्टन प्रतियोगिताको च्याम्पियन बनेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बिहीबार भएको खेलमा प्रिन्स पुरुष एकलतर्फ तथा रशिला महिला एकलमा च्याम्पियन बनेका हुन् । प्रिन्सले पाँचौं वरीयताका आर्मीका नविन श्रेष्ठमाथि २–० को सोझो सेटमा जित निकाल्दै वर्षको पहिलो दिन नै उपाधि जित्न सफल भएको हो ।
एकपक्षीय खेलमा प्रिन्सले पहिलो सेट २१–१७ र दोस्रो सेट २१–१० ले सहजै हरायो । गत वर्ष प्रिन्सले चार फाइनल खेल्दा दुईमा उपाधि जित्न सफल भएको थियो । रिभाईव लिजरपार्क च्याम्पियनसिपमा शीर्ष वरीयताका रत्नजित तामाङसँग पराजित भएका प्रिन्सले पुष्पलाल र जेस्ट ओपनमा दिपेश धामीलाई पराजित गर्दै उपाधि जित्न सफल भएका थिए । भक्तपुरमा भने प्रिन्स दिपेशसँगै नै पराजित भएको थियो ।
महिला एकलमा आर्मीकी रशिलाले आफ्नै क्लबकी अनुमाया राईलाई २१–१२ र २१–१६ ले हराउँदै वर्षको पहिलो उपाधि जित्न सफल भयो । गत वर्ष रशिलाले आफुले सहभागिताा जनाएको सबैमा उपाधि जित्न सफल भएको थियो । पुरुष एकल र महिला एकलको विजेता प्रिन्स र रशिलाले समान १ लाख १५ हजार रुपैयासहित शिल्ड हात पारे । दोस्रो भएको नविन र अनुमायाले ५५ हजार रुपैया प्राप्त गरे । तेस्रो भएको जेशिका गुरुङ र प्रार्थना देउवाले समान १५ हजार हात पारिन् ।

पुरुष डबल्समा रिभाइभका प्रिन्स र आर्मीका नविन श्रेष्ठको जोडीले आर्मीका पविन लिङ्थेप र सुरोज महर्जनको जोडीलाई १८–२१, २१–९ र २१–१८ ले हराउँदै उपाधि जिते । पुरुष डबल्सको विजेता प्रिन्स र नविनले ५० हजार रुपैया हात पारे । दोस्रो भएका पविन र सुरोजको जोडीले २५ हजार र तेस्रो भएका दिपेश धामी र विजित थापामगरको जोडी र विधान अधिकारी रविशाल खड्काको जोडी समान १० हजार प्राप्त गरे ।
यु–१५ ब्वाइज एकलमा सिल्क ग्रुपका कविर केसीले एनआरएनका साहिल चन्दलाई २१–१९ र २१–१७ ले हराउँदै उपाधि जित्दा सोही विधाको गल्स एकलमा आर्मीकी रोज पाण्डेले बिबिएकी रोजी राईलाई २१–६ र २१–१० ले हराएर उपाधि जितिन् । यु–१५ को ब्वाइज र गल्सको विजेताले १० हजार, दोस्रोले ५ हजार तथा तेस्रोले समान ३ हजार प्राप्त गरे ।
यु–१९ ब्वाइज एकलमा आर्मीका सन्तोष पनेरुले सिल्क ग्रुपका नरेन्द्र बमलाई २१–१२, १९–२१ र २१–१७ ले हराउँदै उपाधि हात पारे । यु–१९ गल्स एकलमा आर्मीकी प्रार्थना देउवाले आर्मीकै रोज पाण्डेलाई २१–१९, १३–२१ र २१–१४ ले हराउँदै उपाधि जित्न सफल भइन् । यु–१९ को ब्वाइज र गल्सको विजेताले समान १५ हजार, दोस्रोले ७ हजार र तेस्रो हुनेले ३ हजार ५ सय हात पारे ।
हरिलाल धर्मदेवी स्मृति प्रतिष्ठान र अपी स्पोर्ट्स म्यानेजमेन्ट प्रालिद्वारा २८ चैतदेखि संयुक्त रुपमा आयोजित प्रतियोगिताको विजयी खेलाडीलाई राखेपका सदस्यसचिव टंकलाल घिसिङलगायतले पुरस्कृत गरे ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]