default_image

4 years ago

April 25, 2022

आशिष र अकीको विजयी सुरुआत

231 views

0 Bookmark

काठमाडौंं (हाम्रो खेलकुद) – आशिष खड्का र अकी जुवेन रावतले आठौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा सोमबार विजयी सुरुआत गरेका छन् ।

भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको कोर्टमा आशिषले प्रितम परियारलाई ७–५ र ६–१ तथा अकीले कुमार तामाङलाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरे ।

सोही स्पर्धामा विष्णु नेपालले श्रीयोग अधिकारीलाई ६–३ र ६–०, निजेज महर्जनले अभिषेक शाहलाई ६–४ र ६–१, प्रणव मानन्धरले निश्चल कायश्थलाई ६–२ र ६–०, कुमार जिसीले सौरभनाथ पन्तलाई ६–३ र ६–४ तथा विवेश मगरले सुशल मोक्तानलाई ६–० र ६–० को सीधा सेटमा हराए । विजेता सबै प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

त्यस्तै प्रमोदबहादुर थापाले रोजन दुवाल तथा सक्षमविक्रम शाहले कृष्णदेव उप्रेतीबाट वाकओभर पाउदै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे । काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष डबल्समा जेजे राणा र प्रणव मल्ल, डेगेन्द्र र सन्जिव, गोपी भट्टराई र नवीन चालिसे, दावा शेर्पा र जितेन्द्र परियार, अनुज बाँस्तोला र विकास गुरुङ, मानबहादुर कटुवाल र राजेन्द्र भट्ट तथा लक्ष्मण तामाङ र राज लामाको जोडी प्रिक्वाटरफाइनलमा पुग्न सफल भए ।

भेट्रान ५५ वर्षमाथि पुरुष डबल्समा सुवर्ण धाक्वा र कृष्णराज घले, विदुर विष्ट र काजी गुरुङ, राजु गुरुङ र लाक्पा शेर्पा, युवराज थापा र किरण नेपाल, सूर्य गिरी र भूअरुण मल्ल, राज घिमिरे र लोक गुरुङ, रामेश्वर थापा र राजेश क्षेत्री, कमल थापा र छ्याम्बा डुन्डुप, समिर शेरचन र राज गुरुङ, इन्द्रबहादुर शाह र पदम सिंह, बसन्त प्रधान र राजकुमार घिमिरे, ध्रुव गुरुङ र मनोज राणा तथा निरञ्जन श्रेष्ठ र सागर केसीको जोडीले प्रिक्वाटरफाइनल यात्रा तय गरे ।

भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा सुशील पाण्डे, राजु श्रेष्ठ, बाबु कार्की, निञ्जनकुमार श्रेष्ठ, करीमुलाल मुस्लिम, सैलेश भण्डारी र हेमचन्द्र गुरुङले प्रिक्वाटरफाइनलमा स्थान पक्का गरे ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.