4 years ago
May 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबको महिला भलिबल टोली क्लब भलिबलको इतिहासमा पहिलोपटक च्याम्पियन बनेको छ ।

शनिबार छैटौं संस्करणको आरबिबी एनभिए क्लब लिग भलिबल अन्तरगत महिलातर्फको राउन्ड रोविन लिगको अन्तिम खेलमा अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै आर्मी पहिलोपटक च्याम्पियन बन्न सफल भएको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार च्याम्पियन बन्न सोझो सेटमा जित निकाल्नुपर्ने खेलमा सोही अनुसारको नतिजा आत्मसात गर्न सफल भयो । पहिलो सेट २५–१८ ले सहजै आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो सेटमा २५–२३ को प्रतिस्पर्धात्मक जित निकाल्दै उपाधितर्फ अग्रसर बन्यो । तेस्रो सेटमा पनि आर्मीले उच्च प्रदर्शनलाई निरन्तरता दिदै २५–२० को जित निकाल्दै च्याम्पियन बन्न सफल भयो ।

आर्मीले चार खेलबाट ९ अंक जोड्यो । समान ९ अंक नै रहेपनि पुलिस र एपिएफ म्याचको आधारमा पछि पर्यो । एभरेस्टले २ तथा डायमन्डले १ अंक जोड्यो ।
आर्मीले महिला भलिबल सुरु गरेयता फाइनलसम्म पुगेपनि उपाधि भने जित्न सकेको थिएन । यसअघि आर्मी २०७६ मा पाँचौ केएनपी राष्ट्रिय महिला भलिबलको फाइनलमा एपिएफसँग पराजित भएको थियो । त्यसपछि गत वर्ष पोखरामा भएको टाइगर कपमा आर्मी एपिएफसँग नै पराजित हुँदै उपाधि विमुख बनेको थियो ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]