काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्सको मालेमा जारी दक्षिण एशियाली जुनियर तथा क्याडेट टेबल टेनिसमा नेपाल फाइनलमा प्रवेश गरेको छ ।

नेपाली क्याडेट गल्र्स टिमले श्रीलङ्कन क्याडेट गल्र्स टिमलाई सेमिफाईनलमा ३–१ को जित निकाल्दै फाइनलमा प्रवेश गरेको अखिल नेपाल टेबल टेनिस संघका उपाध्यक्ष धर्ममान बज्राचार्यले जानकारी गराएका छन् । अब नेपाली टोलीले उपाधीका लागि भारतको सामना गर्नेछ ।
खेलाडीमा संयोग कपाली, रुबिन महर्जन, सुजन गडाल, इभाना थापा मगर, बियन्का राई, शुभश्री श्रेष्ठ, प्रिन्स थापा र उज्वल मानन्धर रहेका छन् । म्याच कमिसनारमा तेजेन्द्र महारा र प्रशिक्षकमा मोहनदास बासुकला रहेका छन् ।
यस्तै टिम पदाधिकारीमा प्रतेश श्रेष्ठ छन् । प्रतियोगिता २६ बैशाखबाट शुरु भएको प्रतियोगिता बुधबार समापन हुनेछ ।