default_image

4 years ago

May 14, 2022

अस्मिना र हिरान्मायेलाई पहिलो पटक समेट्दै नेपालको टोली घोषणा

345 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले तीव गतिकी बलर अस्मिना कर्माचार्य र स्पिनर हिरान्माये रोयलाई पहिलो पटक समेट्दै युगान्डासँग खेल्ने पाँच वुमन्स महिला टि२० आई सिरिज खेल्ने टोली घोषणा गरेको छ ।


रुविनाको कप्तानीमा घोषणा १६ सदस्य टोलीमा दुई युवा खेलाडी बाहेक अन्य भने सबै पूरानै अनुहार रहेका छन् ।
अस्मिना बागमती प्रदेशको कप्तानी गर्दै आएकी छिन् । उनी तीव्र गतिको बलिङको लागि चिनिन्छिन् । घरेलु क्रिकेटमा उनले लगातार राम्रो प्रभाव छाड्दै आएकी छिन् ।

अस्मिना नेपाली टोलीको बन्द प्रशिक्षणमा रहँदै आएपनि अन्तिम टोलीमा स्थान बनाउन सकेकी थिइनन् । यता हिरामान्येले यू१९ राष्ट्रिय प्रतियोगितामा लेग स्पिनमा राम्रो छाप छाडेपछि सिनियर टोलीमा परेकी हुन् । उनी पहिलो बन्द प्रशिक्षणमै टोलीमा परेकी हुन् ।

घोषणा टोलीमा सुमन खतिवडा, ऋतु कनोजिया, ममता चौधरी, सरस्वती चौधरी र करुणा भण्डारी भने अटाएका छैनन् । नेपाली महिला टोलीले पहिलो पटक घरेलु मैदान टियुमा अन्तर्राष्ट्रिय सिरिज खेल्न लागेको हो ।

रुविना क्षेत्री बेलबासे (कप्तान), सीता रानामगर, इन्दु बर्मा, ज्योति पाण्डे, काजल श्रेष्ठ, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, डली भट्ट, अस्मिना कर्माचार्य, संगिता राई, सबनम राई, रोमा थापा, सरिता मगर, हिरान्माये र विन्दु रावल ।

नेपाल र युगान्डाबीचको खेल तालिका


जेठ २ – पहिलो खेल
जेठ ३ – दोस्रो खेल
जेठ ५ – तेस्रो खेल
जेठ ६ – चौथो खेल
जेठ ७ – पाँचौं खेल

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.