4 years ago
May 28, 2022
काठमाडौं (हाम्रो खेलकुद) – विश्व ब्याडमिन्टनको जुनियरतर्फ शीर्ष वरीयतामा रहेका नेपाली उदियमान ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालको वरीयता खस्किएको छ । उनी एकपटक सातौ स्थानमा झरेका हुन् ।

विश्व ब्याडमिन्टन फेडेरेसन (बिडब्लुएफ) ले १ अप्रिलमा जारी गरेको नयाँ वरीयताअनुसार प्रिन्स एकैपटक सातौ स्थानमा झरेका हुन् । विश्व नम्वर १ भए देखि हालसम्म कुनैपनि अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताहरुमा उनको सहभागिता नहुँदा उनको वरीयता खस्किएको हो ।
ब्याडमिन्टनको विश्व वरीयताको शीर्ष स्थानमा पुग्ने प्रिन्स पहिलो नेपाली खेलाडी हुन् । विश्व ब्याडमिन्टन महासंघले जुनियर र सिनियरतर्फ गरि दुई स्पर्धामा वरीयता सार्वजनिक गर्दै आएको छ ।
प्रिन्स नेपाली ब्याडमिन्टनका युवा स्टार हुन् । युवा अवस्थामै उनले राष्ट्रिय र अन्तराष्ट्रिय ब्याडमिन्टनमा प्रभाव जमाउँदै विश्व वरीयतामा फड्को मार्दै आईरहेका थिए । उनी गत वर्ष शीर्ष वरियतामा पुगेका थिए ।

December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]