4 years ago
June 5, 2022
एजेन्सी – पाँचौ वरीयताका स्पेनिस राफयल नाडाल कीर्तिमानी १४औं पटक फ्रेन्च ओपनको च्याम्पियन बनेको छ । आठौं वरीयताका आफ्नै चेला क्यास्पर रुडलाई ३–० को सोझो सेटमा पराजित गदै नाडालले कीर्तिमानी उपाधि जित्न सफल भएका हुन् ।

पेरिसमा आइतबार राति एकपक्षीय बनेको फाइनलमा क्ले कोर्टका बादशाह नाडालले नर्वेजियन क्यास्पर रुडलाई ६–३, ६–३ र ६–० को सोझो सेटमा जित निकाल्न सफल भयो । २३ वर्षीय रुडले २०१८ देखि स्पेनको मलोर्कामा रहेको नाडालको एकेडेमीमा प्रशिक्षण गर्दै आइरहेका छन् ।
योसँगै नाडालले कीर्तिमानी १४औं पटक फ्रेन्च ओपन तथा कीर्तिमानी २२औं पटक ग्रान्डस्लाम च्याम्पियन बन्न सफल भएको छ। नाडाल यसअघि फ्रेन्च ओपनमा २००५, २००६, २००७, २००८, २०१०, २०११, २०१२, २०१३, २०१४, २०१७, २०१८, २०१९ र २०२० मा च्याम्पियन बनेको थियो ।

नाडालले १४ फ्रेन्च ओपन, चार युएस ओपन र समान दुई विम्वल्डन र अष्ट्रेलियन ओपन जितेका छन् ।यस्तै उनी सर्वाधिक ग्रान्डस्लाम जित्ने एक्लो खेलाडी बनेका छन् । स्वीस रोजर फेडेरर र सर्वियन नोभाक जोकोभिचले समान २० ग्रान्डस्लाम जितेका छन् ।
यस्तै ३६ वर्षीय नाडाल फ्रेन्च ओपन जित्ने पहिलो पाका खेलाडी बनेका छन् । यस सन् १९३० मा अमेरिकाका बिल टिल्डेन ३७ वर्षको उमेरमा फाइनल प्रवेश गरेपनि उपाधि जित्न सकेको थिएन ।

December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]