4 years ago
June 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – पायस योन्जनले दक्षिण कोरियाको सिओलमा आयोजना हुने एसियन फेन्सिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएको छ ।

१० देखि १५ जुनसम्म आयोजना हुने फेन्सिङ च्याम्पियनसिपमा पायसले साब्रे विधामा प्रतिस्पर्धा गर्नेछन् । यस खेलको नतिजाले ओलम्पिक वरीयतामा समेत मद्दत गर्नेछ । पायस ओलम्पिक स्कलरसिप होल्डरसमेत हुन् । उनी आज (सोमबार) नै त्यसतर्फ प्रस्थान गर्दैछ ।
उनलाई नेपाल ओलम्पिक कमिटिकीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राजवैद्य, ओलम्पिक कमिटिका सचिव दीपक बज्राचार्य, फेन्सिङ संघका महासचिव सुजन लाल श्रेष्ठ र सचिव हेल्गा राणालगातले बिदाई गरे ।
नेपाल ओलम्पिक कमिटिकीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राजवैद्यले खेलाडी पायसलाई बिदाई गर्दै आफ्नो उत्कृष्ट दिन आग्रह गरेका छन् । सोही अवसरमा उनलाई ट्याकसुटसमेत हस्तान्तरण गरिएको छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]