default_image

2 years ago

June 8, 2022

फिजिकल्ली च्यालेन्ज क्रिकेट सिरिजको तयारी पुरा

काठमाडौं (हाम्रो खेलकुद) – ह्वीलचेयर क्रिकेट एसोसिएसन अफ नेपालको आयोजनामा हुन लागेको टी–२० इन्टरनेसनल फिजिकल्ली च्यालेन्ज क्रिकेट सिरिजको तयारी पूरा भएको आयोजकले जनाएको छ । आयोजकले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी गराए । नेपाल र भारतबीच हुने सिरिज २७ देखि ३० जेठसम्म मुलपानी क्रिकेट स्टेडियममा चल्नेछ । विगतमा ह्वील […]

39 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ह्वीलचेयर क्रिकेट एसोसिएसन अफ नेपालको आयोजनामा हुन लागेको टी–२० इन्टरनेसनल फिजिकल्ली च्यालेन्ज क्रिकेट सिरिजको तयारी पूरा भएको आयोजकले जनाएको छ ।

आयोजकले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी गराए । नेपाल र भारतबीच हुने सिरिज २७ देखि ३० जेठसम्म मुलपानी क्रिकेट स्टेडियममा चल्नेछ ।

विगतमा ह्वील चेयर प्रयोग गर्ने अपाङ्ता भएका व्यक्तिहरुको क्रिकेट खेलाई आएकोमा यसपटक हिडडुल गर्न सक्ने क्षमताका व्यक्तिहरुको निमित्त क्रिकेट श्रृंखला आयोजना गर्न लागिएको एसोसिएसनका अध्यक्ष छुल्ठिम ग्याल्जेन शेर्पाले जानकारी गराए । अध्यक्ष शेर्पाले यो खेल दक्षिण एशियामा वनकै लोकप्रिय भएपनि नेपालमा सन् २०१७ पछि मात्रै शुरुवात भएको बताए ।

भारत लगायत बंगलादेश भ्रमण गरिसकेको छ । टी–२० फर्म्याटमा हुने यो खेललाई स्ट्यान्डिङ क्रिकेटको रुपमा चिनिन्छ । यसमा दौडन नसक्नेको स्थानमा अतिरिक्त रनर राखिने र बाँकी सबै आइसीसीकै फर्म्याटमा हुनेछ ।

टोलीले गत चैतमा बंगलादेशमा भएको प्रतियोगितामा सहभागिता जनाइसकेको छ । सोही प्रतियोगीतामा दोस्रो भएको भारतीय टोलीसँग नेपालले सिरिज खेल्न लागेको हो । ह्वीलचेयरका ४ पटक तथा स्ट्यान्डिङले पाँचपटक राष्ट्रको प्रतिनिधित्व गरिसकेका छन् । राष्ट्रिय अम्पायर रविन्द्र गुप्ताले यस प्रतियोगिताको लागि विग एक महिनादेखि तयारी गरिरहेको र अर्काे वर्ष विश्वकपकै आयोजना गर्न लागिएको बताए ।

नेपालका कप्तान राम प्रसाद खरेलले भारतसँग पाँच पटक खेलिसकेपनि जित हात पार्न नसकिएको र यसपटक पनि जित्न नसकिएपनि राम्र्रै प्रतिस्पर्धा दिने बताए । उनले यसपटक यो प्रतियोगिताको लागि अन्तर जिल्ला छनोट हुँदै अन्तिम छनोट डिएभी स्कुलमा गरिएको र केही क्षमतावान् खेलाडी टोलीमा सेमटिएको बताए ।

भारतीय टोलीसँग सिरिजबाहेक एक दिन विशेष किसिमको क्रिकेट खेल्ने योजना छ । जसमा सबै १६ जना खेलाडीले बलिङ र ब्याटिङ गर्नेछ । यो गर्नुको अर्थ खेलाडीहरु फिजिकल्ली कति गर्न सकिन्छ भन्ने मापन रहनेछ ।

प्रायोजकमा गरिमा बैंक, एसविआई बैंक, फ्रिडम कार्गो, सगरमाथा मल्टिपल कलेज, बोधीसत्व विहारलगायत रहेका छन् । प्रतियोगिताको अनुमानित बजेट २२ लाख रहेको छ ।

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

April 30, 2024

रियल म्याड्रिड र बायर्न म्युनिख भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा आज स्पेनिश टोली रियल म्याड्रिड र जर्मन टोली बायर्न म्युनिख भिड्दै छन् । बायर्नको घरेलु मैदान आलियान्ज अरिनामा हुने खेल राती १२:४५ बजे सुरु हुनेछ । यी दुई टोली पछिल्लो पटक २०१८ को च्याम्पियन्स लिग सेमिफाइनलमा र २०१७ को क्वाटरफाइनलमा एकअर्का सँग भिडेका थिए । दुवै पटक […]

Success

Thank you for your time.