4 years ago
June 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय पार्कर खेलाडी दिनेश सुनारले १०औं पटक गिनिज बुकमा नाम लेखाउने भएका छन् । उनले एकैपटक चार कीर्तिमान थप्दै गिनिज बुकमा १० कीर्तिमान लेखाउने भएका हुन् ।

अमेरिकाको ओहायो राज्यको एक्रोण शहरस्थित एसियन सर्भिस इन्क एक्सनको आयोजनामा भएको इन्टरनेसनल कम्युनिटी फेस्टिबलमा दिनेशले दि मोस्ट फुल ट्वीस्ट किक, लो स्ट्यान्डिङ ब्याकवार्ड समरसल्ट, दि मोस्ट फुल ट्वीस्ट ब्याकफ्लिक र दि मोस्ट वान ह्यान्ड कार ह्वील्समा नयाँ कीर्तिमान कायम गरेका हुन् ।
दि मोस्ट फुल ट्वीस्ट किक दि मुनमा दिनेशले ३० सेकेण्डमा १२ पटक हानेर यसअघि १० पटक रहेको कीर्तिमान तोडेका हुन् । यस्तै उनले लो स्ट्यान्डिङ ब्याकवार्ड समरसल्टमा बेलायतका रायन लुनले २६.५ सेन्टिमिटर दुरीको कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाए । उनले ७ सेन्टिमिटरको दुरीमा ग्याप राख्दै हानेका थिए ।
दि मोस्ट फुल ट्वीस्ट ब्याकफ्लिकको ३० सेकेन्डमा १३ पटक हान्दै आफ्नै नाममा रहेको कीर्तिमान तोड्दा दि मोस्ट वान ह्यान्ड कार ह्वील्सको ३० सेकेन्डमा २७ पटक हानेर नयाँ कीर्तिमान कायम गर्न सफल भए ।
फेस्टिबलमा एक र सनसाइन तेक्वान्दो एकेडेमीमा ३ नयाँ रेकर्डसँगै उनको नाममा १० वटा विश्व रेकर्ड बनेको छ ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]