4 years ago
June 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – फ्रिडम ‘ए’ र ढोलाहिटी प्रथम वडा अध्यक्ष कप खुला भेट्रान फुटबल प्रतियोगितामा आइतबार फाइनलमा प्रवेश गरेका छन् ।

चावहिलको चन्द्रविनायक पार्कको मैदानमा भएको पहिलो सेमिफाइनलमा फ्रिडम ‘ए’ ले किङ कम स्पोर्ट्स क्लबलाई १–० गोलले पराजित ग¥यो । राजकुमार घिसिङले निर्णायक गोल गरे । किङ कमका प्रताप शाक्य ‘म्यान अफ द म्याच’ घोषित भए ।
चावहिल स्पोर्ट्स क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको अर्को सेमिफाइनलमा ढोलाहिटीले बौद्ध भेट्रान ‘ए’ लाई ५–१ गोलले हरायो । विजयी टिमका लागि ‘म्यान अफ द म्याच’ विजय गुरुङले ह्याट्रिक गरे । नितिन गुरुङ र सरोज थापाले १–१ गोल थपे । बौद्ध ‘ए’ का उमेश लामाले सान्त्वना गोल फर्काए ।
फाइनल मंगलबार हुने छ । विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् । व्यक्तिगत ४ विधाका उत्कृष्ट खेलाडीलाई जनही ५ हजारबाट पुरस्कृत गरिने छ ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]