default_image

4 years ago

June 13, 2022

स्टेन्डिङ क्रिकेटमा नेपालको सान्त्वना जित

184 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फिजिकल्ली च्यालेन्ज क्रिकेट (स्टेन्डिङ क्रिकेट) टी–२० अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपालले भारतलाई हराएको छ ।

सिरिजको अन्तिम तथा तेस्रो खेलमा भारतलाई १ विकेटले पराजित गर्दै नेपालले सान्त्वना जित निकालेको हो । योसँगै तीन खेलको सिरिज भारतले २–१ ले आफ्नो पक्षमा पारेको छ ।

मुलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा भारतले दिएको ९१ रनको लक्ष्य नेपालले १९ ओभरमा ९ विकेट गुमाएर पूरा ग¥यो । नेपालका लागि डम्बर बहादुर राना मगरले २३ रनको योगदान दिए । यस्तै कुन्ज बिहारी चौधरीले २० रन जोडे ।भारतका अरुण गिरि र सायद शाह अजिजले समान ३ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको भारतले १८ ओभर ४ बलमा अलआउट हुँदै ९० रन जोडेको थियो । भारतका अरुण गिरि र जामिर पाथनले समान १७ रन जोडे । सायद शाह अजिजले १२ रन बनाए । नेपालका सुमन बरालले ४ तथा राहुल कुमारले २ विकेट लिए ।

नेपाल ह्वीलचेयर क्रिकेट संघको आयोजनामा भएको सिरिज अन्तर्गत शनिबार भएको पहिलो खेलमा भारत १२ रनले विजयी भएको थियो । आइतबार भएको दोस्रो खेलमा भारतले नेपाललाई ७७ रनले हराएको थियो ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.