3 years ago
June 14, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आईटीएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया) मा मंगलबार अर्को पराजय भोगेको छ ।

ब्वाइज-गल्र्स दुवै टोलीले अर्को पराजय सामना गरेका हुन् । पहिलो दिन सोमबार नेपाल ब्वाइजमा श्रीलंकासंग ३–० तथा गल्र्समा माल्दिभ्ससंग २–१ ले पछि परेको थियो ।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइजको प्रतिस्पर्धामा पाकिस्तानले नेपाललाई ३–० ले पराजित ग¥यो । सिंगल्समा रिज्वानले आर्दित नेपाललाई ६–१ र ६–० तथा तल्हाले वृजेश अर्याललाई पनि ६–१ र ६–० को सोझो सेटमा हराए ।
डबल्समा ओमर जावद र तल्हाको जोडीले वृजेश र असभसम्राट हाडाको जोडीलाई ६–० र ६–० को सीधा सेटमा पन्छाए । भारतले बंगलादेश तथा माल्दिभ्सले भुटानलाई समान ३–० ले पाखा लगाए ।
गल्र्समा श्रीलंकाले नेपालमाथि ३–० को जित दर्ता ग¥यो । अकिसा सिल्भाले प्राज्ना मानन्धरलाई ६–० र ६–३ तथा उस्गोडाले शिभाली गुरुङलाई ४–६, ६–१ र ६–१ को सेटमा सिंगल्समा निराश पारे ।
डबल्समा सिल्भा र उस्गोडाको जोडीले प्राज्ना र कर्मिस्था नुगाह श्रेष्ठको जोडीलाई ६–२ र ६–० ले पाखा लगाए । अन्य खेलमा बंगलादेशले भुटानलाई २–१ तथा भारतले माल्दिभ्सलाई ३–० ले पराजित गरे ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]