3 years ago
June 15, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला टिम आईटीएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया) मा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । भारतले नेपाललाई ३–० ले हरायो ।

नेपाल टेनिस संघको आयोजनामा सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भइहरेको प्रतियोगिताको सिंगल्समा प्राची मलिकले प्राज्ना मानन्धरलाई ६–० र ६–२ तथा आहनले शिभाली गुरुङलाई ६–० र ६–० को सोझो सेटमा हराए ।
डबल्समा प्राची र अनन्दिता उपाध्यायको जोडीले शिभाली र कर्मिस्था नुगाह श्रेष्ठको जोडीलाई ६–२ र ६–२ को सीधा सेटमा पन्छाए । गल्समा यसअघि नेपाल माल्दिभ्ससंग २–१ तथा श्रीलंकासंग ३–० ले चुकेको थियो । दुई खेल गुमाएको ब्वाइजमा नेपाल श्रीलंका र पाकिस्तानसंग ३–० ले पराजित भएको । बुधबार ब्वाइजमा नेपालको खेल थिएन ।
गल्सको अन्य प्रतिस्पर्धामा माल्दिभ्सले बंगलादेश तथा श्रीलंकाले भुटानलाई समान ३–० को नतिजामा पन्छाए । ब्वाइजमा पाकिस्तानले श्रीलंका, भारतले माल्दिभ्स तथा बंगलादेशले भुटानमाथि समान ३–० को जित निकाले ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]