3 years ago
June 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अमृत थापा मगर र अमिर ब्लोनसँगै अरहन्त सिंह र दीपक थापा ओलम्पिक डे स्क्वास प्रतियोगिताअन्तर्गत पुरुष एकलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

नेपाल स्क्वास एन्ड र्याकेट्स संघको आयोजनामा सातदोबाटोमा भइरहेको प्रतियोगिताको दोस्रो दिन क्वाटरफाइनलमा अरहन्तले विनोद शाक्यलाई ११–२, ११–६ र ११–३, अमृतले दिव्य वज्राचार्यलाई ११–४, ११–३ र ११–२, दीपकले उमित शाक्यलाई ८–११, ११–९, ७–११, ११–४ र ११–७ तथा अमिरले प्रवीण कंसाकारलाई ११–८, ११–४ र ११–४ ले हराए ।
यसैगरी, ५० वर्ष माथिको भेटरान्स एकलमा लोकेन्द्र भण्डारले रुपक ताम्राकारलाई ११–७, ११–८, ११–८, प्रवीण कंसाकारले कमल शाक्यलाई ११–२, ११–४, ११–०, दीपक अधिकारीले मनोज बहादुर श्रेष्ठलाई ११–४, ११–८, ९–११, ११–६ र विनोद शाक्यले विदुर धमलालाई ११–३, १३–११, ८–११, ११–७ ले पराजित गरे ।
महिला एकलमा वृmष्णा थापाले अस्मिता नगरकोटी र भावना सुनुवारले सालिनी घिमिरेलाई समान ३–० स्कोरमा हराउनुभयो । यी दुवै अन्तिम चारमा पुगेका छन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]