3 years ago
June 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बंगबन्धु बंगलादेश–नेपाल अन्तर्राष्ट्रिय रग्बी सिरिजमा भाग लिन नेपाली टोली शनिबार बंगलादेशको ढाका प्रस्थान गर्दै छ ।

जेठ ७ र ८ गते हुने सिरिजमा सहभागी हुने खेलाडीमा कृष्ण क्षेत्री (कप्तान), विराट श्रेष्ठ (उपकप्तान), श्रीराम श्रेष्ठ, प्रेम कोइराला, विक्रम पुरी, विक्रम भारती, सुरज चौधरी, शेरबहादुर वली, रोशन घर्ती, निरोज कार्की, नवीन महर्जन, विवेश बासु, सञ्जीव कुँवर, रमितबहादुर मल, यदु अधिकारी, अमरसिंह श्रेष्ठ, सुमन चौलागाईं, पूजन फेवाली, जुकेन्द्र राई, रामकिशोर चौधरी, सुजन कुमाल र हुतराज प्रधान छन् । प्रशिक्षकमा टंकराज गिरी, म्यानेजरमा गोपाल क्षेत्री र फिजियोमा लक्ष्मण अधिकारी छन् ।
यसै सिरिजबाट नेपालले पहिलो पटक ‘फिफ्टिन ‘ए’ साइडमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्न लागेको हो । सेभेनमा नेपालले सात वर्षदेखि अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्दै आए पनि फिफ्टिनमा भने पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो । नेपालले घरेलु टोली बंगलादेशसँग ढाकास्थित आर्मी स्टेडियममा सेभेन ‘ए’ का दुई खेल र फिफ्टिन ‘ए’ साइडका एक खेल खेल्नेछ ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल रग्बी संघका कार्यवाहक अध्यक्ष दीपक देवकोटा, महासचिव चेतनराज गिरी, सचिव गोविन्द घिमिरेलगायतले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।
सो अवसरमा सदस्यसचिव घिसिङले पहिलो पटक फिफ्टिन ‘ए’ साइडमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्न लागेकोमा खेलाडीलाई बधाई दिँदै सफलताका लागि शुभकामना दिए । सदस्यसचिव घिसिङले नेपालमा अन्तर्राष्ट्रिय रग्बी सिरिज गर्न राखेपले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
संघका कार्यवाहक अध्यक्ष दीपक देवकोटाले विपक्षी कस्तो छ भन्दा पनि हामी हराउन सक्छौं भन्ने आत्मविश्वासका साथ खेले जित सम्भव रहेको प्रतिक्रिया दिए । त्यसै अवसरमा संघले राष्ट्रिय टोलीको जर्सी प्रयोजक फिटवेल स्पोर्ट्स वेर कम्पनीसँग दुई वर्षको सम्झौता गरेको छ । त्यसबापत कम्पनीले दुई वर्षसम्म नेपाली टोलीलाई जर्सी प्रदान गर्नेछ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]