3 years ago
June 21, 2022
काठमाडौं (हाम्रो खेलकुद) – भक्तपुर क्रिकेट सेन्टर (बीसीसी) र काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसीटीसी) ले यु–१६ नेक्सस कप टी– २० क्रिकेट सिजन ५ मा मंगलबार सफलता हात पारेका छन् ।

नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगितामा बीसीसीले नेक्सस क्रिकेट एकेडेमी ११ लाई ३८ रनले पराजित ग¥यो । बीसीसीले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय २४ रन बनायो ।
बीसीसीका श्रीराजवीर श्रेष्ठले ४० तथा विज्ञान अधिकारीले २२ रन जोडे । नेक्ससका सोहन ढुंगानाले ३ ओभरमा १० रन खर्चदै ३ विकेट लिए । नेक्सस १८.३ ओभरमा अलआउट हुनुअघि ८६ रनमा समेटियो । नेक्ससका राहुल अग्रीले ३४ रन बनाए । ‘म्यान अफ द म्याच’ बीसीसीका दक्ष बरालले ४ ओभरमा १४ रन दिदै ३ विकेट लिए । टकमान चौधरीले पनि ३ विकेट हात पारे ।
बाग्मती प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा मूलपानी क्रिकेट मैदानमा जारी प्रतियोगिताको अर्को खेलमा केसीटीसीले एन्जल्स स्पोर्ट्स क्रिकेट एकेडेमीलाई १ विकेटले हरायो । एन्जल्सले पूरा २० ओभर खेल्दै सबै विकेट गुमाएर ९३ रन जोड्यो । एन्जल्सका युनिशविक्रम सिंहले ५१ रन बनाए । दिवस कुँवरले १८ रन जोडे । ‘म्यान अफ द म्याच’ केसीटीसीका विनित पन्थीले ३ विकेट तथा एन्जल पौडेलले २ विकेट हात पारे ।
जवाफमा केसीटीसीले १९.४ ओभरमा ९ विकेट क्षतिमा ९४ रन जोड्यो । केसीटीसीका अभिषेक उपाध्यायले २७ रन बनाए । एन्जल्सका दिवस कुँवरले ३ विकेट लिए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]