default_image

2 years ago

June 22, 2022

चन्द्रागिरी न्यू डायमन्ड कप महिला भलिबल आजदेखि

काठमाडौं (हाम्रो खेलकुद) – न्यू डायमन्ड स्पोर्ट्स क्लबको आयोजनामा प्रथम चन्द्रागिरी न्यू डायमन्ड महिला भलिबल प्रतियोगिता आज (बुधबार) देखि शुरु हुने भएको छ । प्रतियोगिताका सबै खेलहरु चन्द्रागिरी नगरपालिकास्थित न्यू डायमन्ड एकेडेमीको भलिबल कोर्टमा हुनेछ । शनिबार सम्म चल्ने प्रतियोगितामा न्यू डायमन्डसहित चार विद्यालयको सहभागिता रहेको छ । जसमा डायमन्डसहित परोपकार आदर्श मावि, ज्ञान सुधा […]

125 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – न्यू डायमन्ड स्पोर्ट्स क्लबको आयोजनामा प्रथम चन्द्रागिरी न्यू डायमन्ड महिला भलिबल प्रतियोगिता आज (बुधबार) देखि शुरु हुने भएको छ ।

फाइल तस्विर

प्रतियोगिताका सबै खेलहरु चन्द्रागिरी नगरपालिकास्थित न्यू डायमन्ड एकेडेमीको भलिबल कोर्टमा हुनेछ । शनिबार सम्म चल्ने प्रतियोगितामा न्यू डायमन्डसहित चार विद्यालयको सहभागिता रहेको छ ।

जसमा डायमन्डसहित परोपकार आदर्श मावि, ज्ञान सुधा एकेडेमी र ब्राइट होराइजन चिल्ड्रेन होमको सहभागिता रहेको छ । यो प्रतियोगिताको मुख्य उद्देश्य विद्यालयस्तरमा खेलाडी उत्पादन गर्नु रहेपनि यसपटक वर्षातका कारण धेरै विद्यालयलाई खवर नगरिएको आयोजकले जनाएको छ ।

राउन्ड रोविन लिगको आधारमा हुने प्रतियोगिताको पहिलो दिन दुई खेल हुनेछ । न्यु डायमन्ड र परोपकार तथा ज्ञान सुधा र ब्राइट होराइजनबीच प्रतिस्पर्धा हुनेछ । हरेक खेलहरु अपरान्ह ४ बजेपछि हुनेछ । शीर्ष दुई टोलीले उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ । तेस्रो र चौथो हुनेले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितालाई चन्द्रागिरी नगरपालिकाले मुख्य प्रायोजन गरेको छ ।

पहिलो हुनेले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुनेले २५ हजार र तेस्रोले १५ हजार रुपैया, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । चौथो हुनेले १० हजार रुपैयाँ, शिल्ड र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

सर्वाेत्कृष्टले तीन हजार रुपैयासहित ट्रफी प्राप्त गर्नेछन् । व्यक्तिगत विधाको उत्कृष्टहरुले समान १ हजार रुपैया र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिताको उद्घाटन चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले गर्नेछन् ।

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

April 30, 2024

रियल म्याड्रिड र बायर्न म्युनिख भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा आज स्पेनिश टोली रियल म्याड्रिड र जर्मन टोली बायर्न म्युनिख भिड्दै छन् । बायर्नको घरेलु मैदान आलियान्ज अरिनामा हुने खेल राती १२:४५ बजे सुरु हुनेछ । यी दुई टोली पछिल्लो पटक २०१८ को च्याम्पियन्स लिग सेमिफाइनलमा र २०१७ को क्वाटरफाइनलमा एकअर्का सँग भिडेका थिए । दुवै पटक […]

Success

Thank you for your time.