3 years ago
July 2, 2022
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा नेपाल एपिएफ क्लबको चुनौती पन्छाउँदै नेपाल पुलिस क्लब बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

कीर्तिपुरस्थित इन्द्रायणी बहुउद्देश्यीय कभर्डहलमा शनिबार भएको फाइनलमा एपिएफलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस अपराजित रहेर च्याम्पियन बनेको हो । पुलिसले राउन्ड रोविन लिगमा एपिएफमाथि ३–१ को सेटमा जित निकालेको थियो ।
पहिलो सेटमा २५–१६ को सेटमा जित निकालेको पुलिसले दोस्रो सेटमा २७–२५ को रोमाञ्चक जित निकाल्दै जिततर्फ अघि बढ्यो । एक समय ६ अंकले पछि रहेको पुलिसले उत्कृष्ट पूनरागमन गर्दै जित निकाल्न सफल भयो। तेस्रो सेटमा २५–१९ को सेटमा जित निकाल्दै पुलिस च्याम्पियन बन्न सफल भयो ।
उपाधिसँगै पुलिसले ५ लाख रुपैया र शिल्ड हात पारेको छ । दोस्रो भएको एपिएफले २ लाख ५० हजार रुपैयाँ हात पारे । तेस्रो भएको होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबले १ लाख २५ हजार तथा चौथो भएको परोपकार आदर्श माध्यमिक विद्यालयले ७५ हजार रुपैयाँ हात पारेको छ । डायमन्डले शनिबारै परोपकारलाई २५–१२, २५–१४ र २५–२३ को सोझो सेटमा जित निकाल्दै तेस्रो स्थान हासिल गरेको छ ।
प्रतियोगिताको मुख्य उद्देश्य न्यू डायमन्ड स्पोर्ट्स क्लबको आफ्नै भलिबल कोर्ट निर्माण सहयोगार्थ रहेकाले पुरस्कार बापतको २० प्रतिशत दिनुपर्नेछ । प्रतियोगितामा राष्ट्रिय टोलीको प्रशिक्षणमा रहेका २४ खेलाडीले भने खेलेका थिएनन् ।
नेपाल पुलिस क्लबकी कोपिला राना प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी चुनिँदै २५ हजार रुपैयाँ र ट्रफी हात पारिन् । न्यु डायमन्डकी सलिना बुढा मगर उदियमान खेलाडी हुँदै २० हजार रुपैयाँसँगै ट्रफी हात पारिन् । एपिएफकी रेश्मा भण्डारी उत्कृष्ट स्पाइकर, एपिएफकै उषा कुमारी विष्ट उत्कृष्ट ब्लकर, पुलिसकी कमला पुन उत्कृष्ट सेटर, डायमन्डकी एन्जिला प्रधान उत्कृष्ट लिवेरो र पुलिसका रुपेश कुमार विष्ट उत्कृष्ट प्रशिक्षक चुनिए । उनीहरुले समान १० हजार रुपैयाँ र शिल्ड हात पारे ।
विजयी टोली तथा खेलाडीलाई बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकाल, उपाध्यक्ष हिक्मत थपलिया, क्लबकी अध्यक्ष सुनकेशरी माली, नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दलगायतले पुरस्कृत गरे । प्रदेश खेलकुद विकास परिषद बागमती प्रदेश तथा न्यू डायमन्ड स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा गत मंगलबारदेखि शुरु भएको प्रतियोगितामा चार टोलीले राउन्ड रोविन लिगको आधारमा प्रतिस्पर्धा गरेका थिए । शीर्ष दुई टोलीले फाइनलमा पुनः प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगिताको सर्वाेत्कृष्ट
सर्वाेत्कृष्ट – कोपिला राना (पुलिस)
उदियमान – सलिना बुढामगर (डायमन्ड)
स्पाइकर – रेश्मा भण्डारी (एपिएफ)
ब्लकर – उषा कुमारी विष्ट (एपिएफ)
सेटर – कमला पुन (पुलिस)
सर्भर – कोपिला उप्रेती (पुलिस)
लिवेरो – एन्जिला प्रधान (डायमन्ड)
प्रशिक्षक – रुपेश कुमार विष्ट (पुलिस)
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]