default_image

3 years ago

July 2, 2022

कोपिला सर्वाेत्कृष्ट, सलिना उदियमान

365 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबकी मिडल ब्लकर कोपिला राना प्रथम बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी चुनिएका छन् ।

पुलिसलाई च्याम्पियन बनाउन कोपिलाले अलराउन्डर प्रदर्शन गरेकी थिइन् । सर्वाेत्कृष्ट बनेसँगै कोपिलाले २५ हजार रुपैयाँ र ट्रफी हात पारिन् ।

उनकै अलराउन्डर प्रदर्शनमा पुलिसले वर्षको पहिलो उपाधि जित्न सफल भएको छ । कीर्तिपुरस्थित इन्द्रायणी बहुउद्देश्यीय कभर्डहलमा शनिबार भएको फाइनलमा नेपाल एपिएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस अपराजित रहेर च्याम्पियन बनेको हो ।

यस्तै आयोजक होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबकी सलिना बुढामगर उदियमान खेलाडी बनेकी छिन् । उनले २० हजार रुपैया र शिल्ड हात पारिन् । व्यक्तिगत विधाका उत्कृष्टले जनही १० हजार रुपैयाँ हात पारेका छन् ।

प्रतियोगिताको सर्वाेत्कृष्ट
सर्वाेत्कृष्ट – कोपिला राना (पुलिस)
उदियमान – सलिना बुढामगर (डायमन्ड)
स्पाइकर – रेश्मा भण्डारी (एपिएफ)
ब्लकर – उषा कुमारी विष्ट (एपिएफ)
सेटर – कमला पुन (पुलिस)
सर्भर – कोपिला उप्रेती (पुलिस)
लिवेरो – एन्जिला प्रधान (डायमन्ड)
प्रशिक्षक – रुपेश कुमार विष्ट (पुलिस)

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

Success

Thank you for your time.