default_image

3 years ago

July 2, 2022

खेल पर्यटन प्राथमिकतामा रहन्छ–मन्त्री श्रेष्ठ

191 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री जीवनराम श्रेष्ठले खेल पर्यटनको विकासका लागि प्राथमिक राखेर आफ्नोे कार्यकाललाई उपलब्धिमूलक बनाउने प्रयास गर्ने बताएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले शनिबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका अवसरमा मन्त्री श्रेष्ठले नेपालमा खेल पर्यटनको धेरै सम्भावना रहेको र आफ्नो कार्यकाल खेल पर्यटन विकासका लागि पनि केन्द्रित रहने बताएका हुन् । ‘खेल क्षेत्रमा सरोकार राख्ने निकायमध्ये एक पर्यटन मन्त्रालय पनि हो ।

म आँफै पनि पर्यटन र खेलकुदलाई जोड्नुपर्छ भन्ने व्यक्ति हुँ । हाम्रो देशमा खेल पर्यटनका धेरै सम्भावनाहरू पनि छन् र मेरो कार्यकाल त्यसको विकास लागि केही काम गर्नेछु,’मन्त्री श्रेष्ठले भने । विश्व खेलकुद पत्रकार दिवसका मञ्चले त्रिपुरेश्वरस्थित आफ्नै कार्यालयमा नेपालमा खेल पर्यटनको सम्भावना विषयमा अन्तरक्रिया आयोजना गरेको थियो ।

कोरोना भाइरसको महामारका समय खेल क्षेत्र जस्तै पर्यटनमा पनि ठूलो धक्का पुगेको र यसलाई छिट्टै पुर्नजीवित गर्न आफू लागि पर्ने मन्त्री श्रेष्ठको भनाइ छ । ‘महामारीका समय अन्य क्षेत्रभन्दा पनि पर्यटनमा ठूलो क्षति पुग्यो । खेल क्षेत्रको अवस्थामा पनि उस्तै रह्यो । त्यसैले दुईलाई सँगै जोडेर अगाडि बढाउने काम गर्नेछु,’श्रेष्ठले भने, ‘खेल पर्यटनका विषयमा यसअघि पनि धेरै कार्यक्रम सरकारले ल्याएको छ ।

अब युवा तथा खेलकुद मन्त्रालयसँग समन्वय गरेर खेल पर्यटन विकासका लागि काम गर्नेछु ।’ नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्षसमेत रहेका श्रेष्ठले खेल क्षेत्रकै माध्यमबाट राष्ट्रिय राजनीतिमा आफू परिचित भएकाले पर्यटन मन्त्रालयको जिम्मेवारी रहे पनि खेल विकास लागि समर्पित रहने विश्वास व्यक्त गरेका छन् । साहसिक खेल आयोजना र खेल समर्थकका माध्यमबाट पर्यटन विकासमा टेवा पुग्ने भएकाले यी क्षेत्रमा काम गर्न आवश्यक रहेको उनले औंल्याएका छन् ।

उक्त कार्यक्रमका अवसरमा मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदी (देवेन्द्र)ले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री श्रेष्ठलाई स्वागत तथा बधाई दिएका थिए । मञ्चका अध्यक्ष सुबेदी खेलकुद बुझेका व्यक्ति पर्यटन मन्त्रालयको नेतृत्वमा पुगेकोले खेल पर्यटन र त्यसका सम्भावनाका विषयमा थप अध्ययन हुन आवश्यक रहेको औंल्याए ।

एआइपिएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशीले हरेक वर्षभैm विश्वभरका पत्रकारले आज (जुलाई २) विश्व खेलकुद पत्रकार दिवस मनाएको उल्लेख गर्दै नेपालमा खेल पर्यटनको धेरै सम्भावना रहेको औंल्याए । ‘हामीले धेरै पटक पर्यटनका निकायहरूलाई खेल पर्यटन विकासका लागि आग्रह गरेका थियौं । यस पटक खेलकुदकर्मी नै त्यो जिम्मेवारीमा पुगेकाले खेल पर्यटनमा राम्रो काम हुनेछ भन्ने आशा गरेका छौं,’एआइपिएसका कोषाध्यक्ष राजवंशीले भने ।

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

Success

Thank you for your time.