default_image

3 years ago

July 3, 2022

भलिबलका ईश्वर सुवेदारमा बढुवा

522 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लब तथा नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीका लिवेरो (डिफेन्डर) ईश्वर थापा मगर नेपाली सेनाको सुवेदार पदमा बढुवा भएका छन् ।

उनलाई आइतबार सहसेनानी तथा नेपाली सैनिक शारीरिक तथा खेलकुद केन्द्र लगनखेलका केन्द्रपति मुनाल बस्नेतले सुवेदार पदको दज्र्यानी चिन्ह प्रदान गरे ।

तनहुँ जिल्ला व्यास नगरपालिका १ भादगाँउका ३६ वषीर्य थापा २०६५ मा अमल्दार पदबाट सेनामा भर्ना भएको थियो । गोरख दल गणमा रहेका उनी झन्डै ८ वर्षदेखि आर्मी तथा नेपाली राष्ट्रिय टोलीको सदस्य रहँदै आएका छन् ।

२०६६ मा महेन्द्रनगरमा भएको इन्डो नेपाल प्रतियोगिताबाट आर्मीको टोलीबाट भलिबल खेल्न सुरु उनी लिवेरो (डिफेन्डर) त्यसयता उनी आर्मीको नियमित सदस्य छन् । उनले आर्मीबाट दुई दर्जन बढी उपाधिसँगै व्यक्तिगत उपाधि पनि जितिसकेका छन् ।

२०७२ देखि राष्ट्रिय टोलीमा रहेका ईश्वरले राष्ट्रिय टोलीबाट चार सेन्ट्रल जोन, एक एसियन गेम्स र १३औं दक्षिण एसियाली खेलकुद (साग) खेलेका छन् । यस्तै नेपालबाट उनले विभिन्न मैत्रीपूर्ण खेलमा पनि खेलेका छन् । करिअरको उत्तरार्धमा रहेका उनी गत पुसमा बंगलादेशमा भएको सेन्ट्रल जोनमा मात्रै टोलीमा पर्न असफल भएका थिए ।

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

Success

Thank you for your time.