3 years ago
July 3, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पियन्स एसोसिएसन (एनओए) र नोवेल मेडिकल कलेज टिचिङ अस्पताल प्रालिबीच खेलाडी तथा परिवारको उपचारको लागि सम्झौता भएको छ ।

सम्झौतामा संघको तर्फबाट अध्यक्ष दीपक विष्ट र अस्पतालको तर्फबाट प्रवन्ध निर्देशक ईन्दिरा शर्मा बरालले हस्ताक्षर गर्दै आदान–प्रदान गरे । यो सम्झौता आइतबारदेखि लागु भाई ५ वर्षसम्मको लागि हुनेछ ।
अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय खेलकुद ओलम्पिकमा भाग लिएका खेलाडीहरु र उनीहरुको परिवारको सदस्यहरुको उपचारमा विशेष सुविधा दिने उद्देश्यले सम्झौता गरिएको जनाएको छ ।
सम्झौता अनुसार ओलम्पिकमा भाग लिएका नेपाली भरीका खेलाडीहरु विरामी भई उपचारका लागि अस्पताल आएको खण्डमा अस्पतालले क्याविनसहित निशुल्क उपलब्ध गराउनेछ ।
खेलाडीका परिवार (आमा, बुवा, श्रीमान् वा श्रीमती र छोराछोरी) को लागि उपचारमा ५० प्रतिशछ छुट दिनेछ । यसका लागि अस्पतालले छुटको कार्ड उपलब्ध गराउनेछ । जसमा खेलाडीको विवरण, फोटो, परिवारको सदस्यहरुको फोटो र विवरणमा ओलम्पियन्स संघले प्रमाणित गर्नुपर्नेछ ।

December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]