3 years ago
July 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – शंकरदेव श्रेष्ठको अध्यक्षतामा रहेको नेपाल आइटिएफ काठमाडौं जिल्ला संघले पूर्णता पाएको छ । काठमाडौं जिल्ला खेलकुद विकास समितिले पूर्वखेलाडी शंकरदेवको अध्यक्षतामा रहेको काठमाडौं जिल्ला आइटिएफ तेक्वान्दो संघलाई मान्यता दिएको हो ।

मंगलबार आयोजित एक कार्यक्रमका बीच काठमाडौं जिल्ला खेलकुद विकास समितीका अध्यक्ष गणेशलाल कक्षपतिले निर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यलाई फूलमाला र खादा लगाएर बधाई दिएका थिए ।
यसअघि एक भेलाले शंकरदेवको अध्यक्षतामा सर्वसम्मत ११ सदस्यीय नेपाल आइटिएफ काठमाडौं जिल्ला संघको तदर्थ कमिटी गठन भएको थियो । तर, जिल्ला खेलकुद समितिले मंगलबार मान्यता दिएसंगै काठमाडौं जिल्ला आइटिएफ संघले पूर्णता पाएको हो ।
निर्वाचित अध्यक्ष शंकरदेव आइटिएफ तेक्वान्दोका पाँचौं डान प्राप्त खेलाडी समेत हुन् । नेपाल आइटिएफ काठमाडौं जिल्ला संघको उपाध्यक्षमा सरोज ठकुरी र सचिवमा रितिज पुरी निर्विरोध निर्वाचित भए । कोषाध्यक्षमा डेविड घलेले जिम्मेवारी पाएका छन् ।
त्यस्तै सदस्यहरू निस्मा बस्याल, सचिना सुनार, रञ्जन श्रेष्ठ, कर्साङ दोर्जे, स्याङ्का तामाङ ,रन्जु पुलामी मगर र सर्मिला परियार छन् । निस्मा एसियन च्याम्पियनसिपका पदक विजेता समेत हुन् । निर्वाचित कार्यसमितिको पहिलो बैठकले सुदेव पण्डित, गोपाल श्रेष्ठ र नीरञ्जन सेढाईंलाई सल्लाहकारमा चयन गरेको छ ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]