3 years ago
July 6, 2022
एजेन्सी – शीर्ष वरीयताका सर्वियन नोभाक जोकोभिचले पूनरागमन जित निकाल्दै विम्बल्डन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सेन्टर कोर्टमा मंगलबार राति भएको क्वाटरफाइनलमा साविक विजेतासमेत रहेको जोकोभिचले १०औं वरीयताका इटालीका जानिक सिनरमाथि ३–२ को पुनरागमन जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेका हुन् ।
प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको सुरुआती दुई सेट गुमाएपनि जोकोभिचले उत्कृष्ट पुनरागमन गर्दै जित निकालेका हुन् । जोकोभिचले सुरुवात दुई सेट ५–७ र २–६ ले गुमाएको थियो । तर त्यसपछि जोकोभिचले बाँकी रहेको सेटमा ६–३, ६–२ र ६–२ को सोझो सेटमा पराजित गर्न सफल भएका हुन् ।
सातौपटक विम्बल्डन जित्ने अभियानमा रहेको जोकोभिचको यो ३३२औं ग्रान्डस्लाम जित हो । अब ३५ वर्षीय जोकोभिचले बेलायतका क्यामरुन नोरीसँग खेल्नेछन् ।
‘उनी पहिलो दुई सेटका लागि उत्कृष्ट खेलाडी थिए । म बाहिर गएँ र रिफ्रेस भए, मैले ऐनामा आफैसँग अलिकति कुरा गरें, यो सत्य हो ।’ जोकोभिचले भने, ‘कहिलेकाहीँ यी परिस्थितिहरूमा जब तपाईंका लागि धेरै सकारात्मक रूपमा भइरहेको छैन, कहिलेकाहीँ यी चीजहरू आवश्यक हुन्छन् । मैले त्यही गरे र सफलता हात पारे ।’
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]