default_image

3 years ago

July 10, 2022

जोकोभिच विम्बल्डन च्याम्पियन

253 views

0 Bookmark

एजेन्सी – शीर्ष वरीयताका सर्वियन नोभाक जोकोभिच विम्बल्डन टेनिसको च्याम्पियन बनेका छन् । जोकोभिचले अष्ट्रियन निक किर्गियोसलाई ३–१ को सेटमा पराजित गर्दै विम्बल्डनमा सातौपटक च्याम्पियन बनेका हुन् ।

सातौं पटक विम्बल्डन तथा समग्रमा २१औं ग्रान्डस्लाम च्याम्पियन बनेसँगै जोकोभिचले उनले स्वीस रोजर फेडेररलाई पछि पारेका छन् । फेडेररले २० पटक ग्रान्डस्लाम जितेका छन् ।

उनीभन्दा अघि दोस्रो वरीयताका स्पेनिस राफायल नाडाल रहेका छन् । नाडालले सर्वाधिक २२ ग्रान्डस्लाम उपाधि जितेका छन् ।

सेन्टर कोर्टमा आइतबार राति भएको फाइनलको सुरुवात सेट ४–६ ले गुमाएको ३५ वर्षीय जोकोभिचले त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्न सफल भयो । दोस्रो सेट ६–३ र तेस्रो सेट ६–४ ले सहजै आफ्नो पक्षमा पारेको जोकोभिचले चौथो सेटमा ७–७ (७–३) को संघर्षपुर्ण जित निकाल्यो ।

जोकोभिच विम्वल्डनमा लगातार चौथो सिजन च्याम्पियन बन्न सफल भएका हुन् । त्यसअघि जोकोभिच २०१८, २०१९ र २०२१ मा च्याम्पियन बनेको थियो । २०२० मा भने कोभिडका विम्बल्डन हुन सकेन । त्यसअघि जोकोभिच २०११, २०१४ र २०१५ मा च्याम्पियन बनेको थियो ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.