3 years ago
July 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्समा आयोजना भएको ५४औं एशियन शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिप २०२२ मा पदक प्राप्त गर्दै राष्ट्रको गौरव बढाउने खेलाडी लगायत नेपाली टोलीलाई शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको छ ।

नेपाल शारिरीक सुगठन तथा फिजिकल फिटनेसका महासचिव राजन श्रेष्ठ, संघका पदाधिकारी तथा सुभेच्छुकले टोलीलाई खादा, माला तथा अबिरले स्वागत गरेका हुन् ।
यहि श्रावण १ देखि ४ गते सम्म आयोजना भएको च्याम्पियनसिपमा ८० केजी तौल समूहमा उमेश राईले रजत र फिटनेस फिजिकतर्फ १७० सेमि सम्मको प्रतिस्पर्धामा राजु राईले कास्य पदक प्राप्त गर्न सफल भएका थिए ।
निकै नै प्रतिस्पर्धात्मक खेलमा नजिकै पुगेर पनि राष्ट्रको लागि स्वर्ण जित्दै ओभरअलमा पुग्न नसकेकोमा खिन्न महसुश गर्दै उमेशले आगामी संस्करणमा उत्कृष्टता प्रस्तुत गर्दै स्वर्ण हासिल गर्न लागि पर्ने बताए ।
खेलाडीहरुको मनोबल उच्च राख्नका लागि नेपाल शारिरीक सुगठन तथा फिजिकल फिटनेश संघका अध्यक्ष राजेश बाबु श्रेष्ठले रजत पदक प्राप्त खेलाडीलाई १ लाख र कास्य पदक प्राप्त खेलाडीलाई ७५ हजार नगदले सम्मान गर्ने घोषणा गरेका छन् ।
नेपाली टोलीको ब्यवस्थापकमा संघका उपाध्यक्ष दिनेश राजभण्डारी तथा निर्णायकहरुमा संघका वरिष्ठ उपाध्यक्ष विजयलाल कायस्थ, नानीकाजी डङ्गोल र लक्ष्मण महत रहेका थिए ।
५५औं एशियन शारिरीक सुगठन प्रतियोगिता नेपालले आयोजना गर्ने भएको छ । त्यसका लागि नेपाल शारिरीक सुगठन तथा फिजिकल फिटनेशका अध्यक्ष राजेश बाबु श्रेष्ठ र एशियन फेडेरेशनका तर्फबाट दातुक पउल चुवाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]