default_image

2 years ago

July 23, 2022

राष्ट्रिय उमा कुङफु भदौ अन्तिम साता

66 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल उमा कुङफु संघको आयोजनामा सातौं राष्ट्रिय उमा कुङफु प्रतियोगिता भदौ अन्तिम साता हुने भएको छ ।

संघको शनिबार बसेको बैठकले प्रतियोगिता भदौ २४ देखि २५ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको अध्यक्ष सिद्धार्थ लामाले जानकारी गराए ।

प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता रहने छ । प्रतियोगितामा सान्डा र प्याटर्नमा गरी कुल २६ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । सान्डाको पुरुषमा १० र महिलामा ८ गरी १८ स्पर्धा समावेश छन् ।

प्याटर्नको पुरुष-महिलामा ४–४ गरी ८ स्पर्धामा खेल हुनेछ । प्रतियोगिता सञ्चालन गर्न करिब १० लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

बैठकले प्रतियोगितालाई व्यवस्थित र सफलतापूर्वक सम्पन्न गर्न मूल आयोजक समिति र २ उपसमिति पनि गठन गर्ने निर्णण पनि गरेको छ । ९ सदस्यीय मूल आयोजक समितिमा संघका सचिव रमेश महर्जनलाई संयोजक र संघका पूर्व अध्यक्ष एवं सहायक मुख्य प्रशिक्षक उद्धव थापा मगरलाई सह–संयोजकको जिम्मेवारी दिइएको छ ।

आर्थिक उपसमितिको संयोजकमा राजदीश नेम्कुल, सह–संयोजकमा अशोक केसी र सदस्यमा जीवन गुरुङ रहेका छन् । प्रचार प्रसार तथा प्राविधिक उपसमितिमा संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका अन्तर्राष्ट्रिय निर्णायक सन्जीतकुमार राई संयोजक तथा गोपाल थापा, कमल मगर, सिद्धार्थ लामा र भूपेन्द्र गुरुङलाई सदस्य तोकिएको छ ।

बैठकले संघको चुनावी साधारण सभा गर्ने निर्णय पनि गरेको अध्यक्ष लामाले जानकारी गराए । राष्ट्रिय खेलकुद परिषद्को स्वीकृति लिएर चुनावी साधारण सभा भदौ तेश्रो साता गर्ने गरी प्रकृया अगाडि बढाउने अध्यक्ष लामाले बताए ।

केन्द्रीय साधारण सभाअघि विभिन्न ५ प्रदेशमा संघ गठन गरिने छ । त्यस्तै हाल १४ जिल्लामा रहेका संघलाई पुनर्गठन गर्ने र थप ११ जिल्लामा संघ विस्तार गर्ने तयारी पनि रहेको अध्यक्ष लामाले जानकारी गराए ।

May 6, 2024

नेपाल इङ्ल्यान्ड ‘सि’ सँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली इङ्ल्यान्ड ‘सि’ सँग पराजित भएको छ । इङ्ल्यान्ड नेसनल लिग टोली एल्डरसट टाउनको घरेलु मैदान इबीबी स्टेडियममा सोमबार भएको खेलमा नेपाल २-० ले पराजित भएको हो । नेपाल खेलको सुरुवाती समयका नै दुई गोलले पछि परेको थियो। इंग्लिस टोलीका लागि आठौं मिनेटमा निक काबाम्बाले […]

May 5, 2024

विशालले सिड्नी भलिबल लिग खेल्ने

दिल तामाङ,सिड्नी नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य विशाल बहादुर बिकले अस्ट्रेलियाको सिड्नी भलिबल लिग (एसभिएल) खेल्ने भएका छन् । ओपन स्पाइकर विशाल प्रो भलिबल एकेडेमीमा आबद्ध भएका छन् । प्रो भलिबल एकेडेमी अहिले पुरुष डिभिजन वानमा रहेकाे छ । त्याे भन्दामाथि पुरुष रिजर्भ र पुरुषा प्रिमियर लिग हुनेछ । यससँगै विशाल एसभिएल खेल्ने पहिलो […]

May 4, 2024

सोमपाल गीता एभिएसनको ब्रान्ड एम्बासेडर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामीलाई गीता एभिएसनले आफ्नो ब्रान्ड एम्बास्डरका बनाएको छ । सोमपाललाई‌ गीता एभिएसनले शुक्रबार ब्रान्ड एम्बासेडरका रूपमा अनुबन्ध गरेको हो। नेपाल टि ट्वान्टी विश्वकप खेल्न अमेरिका / वेस्ट इन्डिज जानुअघि सोमपाल ब्रान्ड एम्बासेडर नियुक्त भएका हुन् । यो अनुबन्धनले नेपाली खेलकुद र गीता एभिएसन दुवै पक्षको […]

Success

Thank you for your time.