default_image

2 years ago

July 27, 2022

सिर्जना र संगिता प्रि–क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नखिपोटकी सिर्जना म्याम्बो र भोजपुरकी संगिता तामाङ प्रथम स्पोर्ट्स हव ओपन ब्याडमिन्टन प्रतियोगिताको महिला एकलतर्फ प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । स्पोर्ट्स हव नेपाल प्रालिको आयोजनामा बुधबारदेखि कपन, लाखेपोखरीस्थित आयोजकको आफनै कभर्डहलमा सुरु भएको प्रतियोगिताको पहिलो दिन शीर्ष २० बाहेकका महिला एकलतर्फ म्याम्बोले ललितपुरकी श्रेया बज्राचार्यलाई २१–१६ र २१–१० ले तथा संगिताले […]

79 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नखिपोटकी सिर्जना म्याम्बो र भोजपुरकी संगिता तामाङ प्रथम स्पोर्ट्स हव ओपन ब्याडमिन्टन प्रतियोगिताको महिला एकलतर्फ प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

स्पोर्ट्स हव नेपाल प्रालिको आयोजनामा बुधबारदेखि कपन, लाखेपोखरीस्थित आयोजकको आफनै कभर्डहलमा सुरु भएको प्रतियोगिताको पहिलो दिन शीर्ष २० बाहेकका महिला एकलतर्फ म्याम्बोले ललितपुरकी श्रेया बज्राचार्यलाई २१–१६ र २१–१० ले तथा संगिताले बालाजुकी मनु वाईवालाई २१–१८ र २१–१७ ले परजित गरिन् ।

यस्तै वाईसीबिसीकी सुप्रिया मगरले काभ्या स्कुलका अश्मिता सिंहलाई २१–७ र २१–५ ले, काठमाडौंकी श्रृजना तामाङले नुवाकोटकी अश्मिता रिमाललाई २१–८ र २१–५ ले, सुर्खेतकी अग्रिमा भण्डारीले पोखराकी आकृती केसीलाई २१–१९, २०–२२ र २२–२०, ललितपुरकी सुपला बज्राचार्यले नुवाकोटकी आयुशा प्याकुरेललाई २१–१६, १७–२१ र २१–९ ले, पाँचथरकी रिना तामाङले किर्तिपुरकी टिना महर्जनलाई २१–४ र २१–२ ले र स्पोर्टस् ग्यालेक्सीकी सुनिता शर्माले काभ्या स्कुलकी एक्मे अवालेलाई २१–१ र २१–१ ले, हराईन ।

यस्तै धादिङकी बविता पुरीले पोखराकी अनुरानालाई २४–२२, २१–११ ले, बुटवल ब्याडमिन्टनकी पुजा बिष्टले सुर्खेतकी दिपिका तिमल्सिनालाई २१–८, २१–१७ ले, नखिपोटकी अंजी पुलामीले ललितपुरकी कलिशा शाहीलाई २१–५ र २१–५ ले, सुर्खेतकी निरुता शाहीले १६ फिदरकी अजरिंका शेरचनलाई २१–७ र २१–११ ले तथा सोलखुम्बुकी पुजा मगरले धादिङ्गकी निष्ठा श्रेष्ठलाई २१–१८ र २१–१४ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका छन् ।

शीर्ष २० बाहेकका पुरुष युगल खुलातर्फ आयोजकका रविन खड्का र लाक्पा तामाङ, धर्मस्थलीका किरण कार्की र राजन श्रेष्ठको जोडी, नारायणथानका डेभिड खालिङ र अर्जुन राईको जोडी, नखिपोटका अश्मिन गुरुङ र नेल्सन राईको जोडी, सोलुका स्याङ्बो बस्नेत र आशिष खनालको जोडी, आयोजकका सुनिल कार्की र टोखाका अनिल मल्लको जोडी, पाँचथरका दीपक आङदेम्बे र किरण श्रेष्ठको जोडी, जेष्टका संदीप जोशी र ईन्द्र महताको जोडी अन्तिम ३२ मा पुगेका छन् ।

स्थानिय पुरुष युगलतर्फ आयोजकका ग्याल्जेन शेर्पा र लाक्पा शेर्पाको जोडी, टोखाका बासु बोगटी र शिषिर ठकुरीको जोडी, आयोजकका अमृत पञ्चकोटी र बिश्व राम श्रेष्ठको जोडी, भरत कुमार खत्री र पंचराम तामाङको जोडी, आयोजकका दिवश खड्का र रविन खड्काको जोडी, बालाजुका सन्तोष दाहाल र चन्दन घलेको जोडी, आयोजकका जे.बि. राई र सनबहादुर साम्बाको जोडी र काठमाण्डौका साङबु शेर्पा र प्रचण्ड श्रेष्ठको जोडीले जित निकाले ।

यस्तै टोखाका अनिल मल्ल र नारायण श्रेष्ठको जोडी, आयोजकका अर्जुन मगर र दावा शेर्पाको जोडी, सचिन राई र टक रानाको जोडी, आयोजकका श्याम तामाङ र पुष्प थापाको जोडी, तिनचुलीका ज्योती लामा र प्रेम लामाको जोडी, काठमाण्डौका रुपाल बादे र दिपक खड्काको जोडी, आयोजकका ज्ञानु गिरी र किशोर राईको जोडी तथा छिरिङ्ग लामा र अश्मिल शाहीको जोडी जित निकाल्दै अन्तिम १६ मा स्थान बनाउन सफल भएका छन् ।

यस्तै ४५ माथिको पुरुष युगलमा जेष्टका श्याम पराजुली र नविन बाबु श्रेष्ठको जोडी, टिआबिसीका हिम के.सी. र सुशिल पौडेलको जोडी, ललितपुरका पुर्णभक्त चित्रकार र राजु थापाको जोडी, टोखाका कान्छा नारायण महर्जन र मानकाजी श्रेष्ठको जोडी, आयोजकका सुरेन बहादुर आले र लाक्पा शेर्पाको जोडी, धादिङ्गका कमल रोकाया र रामसिंह तामाङको जोडी, खुस गुरुङ्ग र मनबहादुर रानाको जोडी र न्यूरोडका सुरेन्द्र बुढाथोकी र दत्त थापाको जोडीले जित निकाले ।

सामाखुसीका अनराम छन्त्याल र टिका थापाको जोडी, देवीनगरका दिल कार्की र चन्द्र खापुङ्गको जोडी, आयोजकका चित्र गुरुङ्ग र अमृत पंचकोटीको जोडी, आईबिएमएसका किशन च्याम्जुङ्ग र राजेश शाक्यको जोडी किङ्ग्स स्पोर्टस्का रविन बमजन र एल.पी. महर्जनको जोडी, चन्द्रगिरीका विरेन्द्र बिष्ट र हरी खत्रीको जोडी, काठमाण्डौका बद्रि पराजुली र किरण श्रेष्ठको जोडी तथा पुर्णहरी होना र संजय कपालीको जोडी पनि अन्तिम १६ मा स्थान पक्का गर्न सफल भएका छन् ।

प्रतियोगितामा पुरुष डबल्स (शीर्ष २० बाहेक), भेट्रान्स ४५ वर्षमाथि, अवकाश प्राप्त (देशी तथा विदेशी ) आर्मी र पुलिस, महिला एकल (शीर्ष २० बाहेक), ब्वाइज यू–१७, सुपर भेट्रान्स ५५ वर्षमाथि र स्थानिय स्तरको हुनेछ ।

करिव १० लाख लागत रहेको प्रतियोगितामा पुरुष डबल्सको विजेताले ३५ हजार रुपैयाँ हात पार्नेछन् । दोस्रो हुनेले २० हजार र तेस्रो हुने टोलीले समान ७ हजार ५ सय हात पार्नेछन् । भेट्रान्स ४५ वर्षमाथिको विजेताले २५ हजार, दोस्रोले १५ हजार र तेस्रो हुनेले समान ५ हजार हात पार्नेछन् । अवकाश प्राप्त, महिला एकल, ब्वाइज यू–१७ र सुपर भेट्रान्सको विजेताले समान २० हजार रुपैयाँ हात पार्नेछन् । दोस्रो हुनेले समान १० हजार र तेस्रो हुनेले समान ५ हजार रुपैयाँ हात पार्नेछन् ।

स्थानिय स्तरको विजेताले १५ हजार, दोस्रोले ८ हजार र तेस्रो हुनेले समान ४ हजार रुपैया हात पार्ने आयोजकले जनाएको छ । प्रतियोगिता साउन ११ देखि १४ गतेसम्म कपन लाखेपोखरीस्थित आयोजकको आफ्नै कभर्डहलमा हुनेछ ।

May 4, 2024

सोमपाल गीता एभिएसनको ब्रान्ड एम्बासेडर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामीलाई गीता एभिएसनले आफ्नो ब्रान्ड एम्बास्डरका बनाएको छ । सोमपाललाई‌ गीता एभिएसनले शुक्रबार ब्रान्ड एम्बासेडरका रूपमा अनुबन्ध गरेको हो। नेपाल टि ट्वान्टी विश्वकप खेल्न अमेरिका / वेस्ट इन्डिज जानुअघि सोमपाल ब्रान्ड एम्बासेडर नियुक्त भएका हुन् । यो अनुबन्धनले नेपाली खेलकुद र गीता एभिएसन दुवै पक्षको […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

Success

Thank you for your time.