default_image

2 years ago

July 30, 2022

अभिषेक र राजुको जोडीलाई ब्याडमिन्टन उपाधि

150 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तीनचुलीका अभिषेक गुरुङ र राजु थापाको जोडीले प्रथम स्पोर्ट्स हव खुल्ला ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलको उपाधि जितेको छ ।

निकै नै रोचक भएको फाइनलमा अभिषेक र राजुको जोडीले नेपाल पुलिसका गौरव दाहाल र अनिश श्रेष्ठको जोडीलाई १९–२१, २१–११ र २१–७ ले पराजित गर्दै उपाधी उचालेका हुन् । सेनाका पविन लिनथेप र सुरोज महर्जनको जोडी तथा सुर्यदर्शनका लक्ष्मण मल्ल ठकुरी र राम मल्ल ठकुरीको जोडी तेस्रो भए ।

कपनको लाखेपोखरीस्थित आयोजककै आफ्नै कोर्टम शनिबार भएको प्रतियोगिताको शीर्ष २० बाहेकका महिला एकलतर्फ उपाधि कञ्चनपुरकी बिष्णा बिष्टले जित निकालिन् । उनले सुर्खेतकी अग्रिमा भण्डारीलाई २१–११ र २१–१० को सोझो सेटमा पराजित गरिन् । बेलटार ब्याडमिन्टन एकेडेमीकी अञ्जना राई र सर्लाहीकी निकिता लामा तेश्रो भइन् ।

यु १७ ब्वाईजतर्फ सेनाका डेभिड थापा मगरले सेनाकै कविर केसीलाई २१–१४, १७–२१ र २१–१४ ले पराजित गर्दै उपाधि उचाले । आयोजकका सुनिल कार्की र लाफा समुहको मनोज फौदार तेश्रो स्थानमा चित्त बुझाए ।

पुरुष ४५ बर्ष माथि जेष्टका श्याम पराजुली र नविन श्रेष्ठको जोडीले पर्फेक्ट फिटनेशका पुर्णहरि होना र संजय कपालीको जोडीलाई २१–१८ र २१–१७ ले पराजित गर्दै च्याम्पियन बने । खुश गुरुङ र मानबहादुर राना तथा आईबिएमएसका किष्ण छयाम्जुङ र राजेश शाक्यको जोडी तेश्रो भए ।

यस्तै ५५ बर्ष माथि बुटवल ब्याडमिन्टनका नारायण प्रसाद घिमिरे र धादिङका बिष्णुलाल श्रेष्ठको जोडीले बसुन्धाराका पुर्ण चन्द्र जोशी र उमेश केसीको जोडीलाई २१–१६, १६–२१ र २१–६ ले पराजित गर्दै उपाधि जिते । पाँचथरका मणि कंदवा र गणेश सुब्बा र पोखराका रमेश भट्टचन र कमल थापाको जोडी तेश्रो भए ।

सेवानिवृत कर्मचारीहरुको प्रतिस्पर्धामा आयोजकका सुरेन बहादुर आले र ईन्द्र महताको जोडीले आयोजककै सनबहादुर साम्बा र लाक्पा शेर्पाको जोडीलाई २१–१४, २५–२७ र २१–१५ ले हराएर उपाधि जिते । खुश गुरुङ र मानबहादुर रानाको जोडी तथा सामाखुसीका बिष्णु राना र टिका थापाको जोडी तेस्रो भए ।

स्थानियतर्फ आयोजकका अर्जुन मगर र दावा शेर्पाको जोडीले आफ्नै क्लबका ग्याल्जेन शेर्पा र लाक्पा शेर्पाको जोडीलाई २१–१६, २१–२३ र २१–१३ ले पराजित गरे । बालाजुका सन्तोष दाहाल र चन्द्र घलेको जोडी तथा काठमाडौंका रुपाल बादे र दीपक खड्काको जोडी तेश्रो भए ।

बिजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका सचिव रामजी बहादुर श्रेष्ठ, सचिव नविन विक्रम शाह, योनेक्सको नेपालका लागि आधिकारीक विक्रेता ईनास प्रालिका प्रोपाईटर राजु बास्तोला लगायतले पुरस्कृत गरे ।

करिव १० लाख लागत रहेको प्रतियोगितामा पुरुष डबल्सको विजेताले ३५ हजार रुपैयाँ हात पारे । दोस्रो हुनेले २० हजार र तेस्रो हुने टोलीले समान ७ हजार ५ सय हात पारे । भेट्रान्स ४५ वर्षमाथिको विजेताले २५ हजार, दोस्रोले १५ हजार र तेस्रो हुनेले समान ५ हजार हात पारे ।

अवकाश प्राप्त, महिला एकल, ब्वाइज यू–१७ र सुपर भेट्रान्सको विजेताले समान २० हजार रुपैयाँ हात पारे । दोस्रो हुनेले समान १० हजार र तेस्रो हुनेले समान ५ हजार रुपैयाँ हात पारे । स्थानिय स्तरको विजेताले १५ हजार, दोस्रोले ८ हजार र तेस्रो हुनेले समान ४ हजार रुपैया हात पारे ।

प्रतियोगिता साउन ११ देखि १४ गतेसम्म कपन लाखेपोखरीस्थित आयोजकको आफ्नै कभर्डहलमा भएको थियो ।

July 22, 2024

रसियासँग नेपालको अर्काे हार

काठमाडौं (हाम्रो खेलकुद) – काभा नेसन्स लिगको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय भलिबल टोलीले रसियन टोलीसँग अर्काे हार बेहोरेको छ । यससँगै नेपालले दुई मैत्रीपुर्ण खेलकाे सिरिज रसियालाई २–० ले सुम्पिएकाे छ । सोमबार भएको दोस्रो खेलमा नेपाल ३–० को सोझो सेटमा पराजित हुन पुग्यो । यसअघि आइतबार भएको पहिलो खेलमा पनि नेपालले ३–० कै […]

July 18, 2024

एपिएफ र पुलिस विजयी

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिगमा बिहीबार नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । लिग सिजनको पहिलो जित दर्ता गर्ने क्रममा एपिएफले सातदोबाटो माथि २-१ को जित हात पारेको हो । जितमा विकास टिटुङ र किशोर गुरुङले १-१ गोल गरे । सातदोबाटोका लागि योहान्ना लिम्बूले अन्तिम समयमा १ गोल […]

July 15, 2024

अर्जेन्टिनालाई कोपा अमेरिका उपाधि

एजेन्सी – अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को उपाधि जितेको छ । लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा अर्जेन्टिनाले कोलम्बियालाई अतिरिक्त समयमा १-० ले हराएको हो । अर्जेन्टिनाका लागि लौतारो मार्टीनेजले १ सय १२औं मिनेटमा गोल गरे । ९७औं मिनेटमा मैदान प्रवेश गरेका उनले जियोभानी लो सेल्सोको थ्रु पासमा गोल गर्दै अर्जेन्टिनालाई उपाधि दिलाएका हुन् । […]

Success

Thank you for your time.